मोरङ । चार महिनादेखि तलब नपाएपछि काजमा खटिएका शिक्षकहरु आन्दोलित भएका छन् । दशैको मुखमा समेत साउन महिनादेखि तलब नपाएको भन्दै विराटनगर महानगरपालिका भित्र कार्यरत काज शिक्षकहरु आन्दोलनमा उत्रिएका हुन् । "/>

चार महिनादेखि तलब नपाएपछि काजमा खटिएका शिक्षक आन्दोलित

चार महिनादेखि तलब नपाएपछि काजमा खटिएका शिक्षक आन्दोलित


मोरङ । चार महिनादेखि तलब नपाएपछि काजमा खटिएका शिक्षकहरु आन्दोलित भएका छन् । दशैको मुखमा समेत साउन महिनादेखि तलब नपाएको भन्दै विराटनगर महानगरपालिका भित्र कार्यरत काज शिक्षकहरु आन्दोलनमा उत्रिएका हुन् ।

आन्दोलनमा उत्रिएका शिक्षकहरुले सोमबार शिक्षा विकास तथा समन्वय इकाई मोरङको लेखा, प्रशासन र इकाइ प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका छन् । नेपाल शिक्षक महासंघसहित शिक्षकसम्वद्ध संघ संगठनहरुले तालाबन्दी गरेका हुन् ।

विराटनगर महानगरपालिकाका सामुदायिक विद्यालयमा १९ जना शिक्षक काजमा खटिएका छन् । चार महिनादेखि तलब नपाएका कारण आन्दोलनमा उत्रिएको नेपाल शिक्षक महासंघ विराटनगर नगरसमितिका अध्यक्ष वेदुकुमार खतिवडाले जानकारी दिए ।

Skip This
Logo