धनगढी

बलात्कार लगायत महिला माथि हुने अन्य हिंसा बढ्दै गएपछि सुुदुरपश्चिम प्रदेशको धनगढी रंगशालामा करिव १७ सय महिलाहरुले एकैसाथ आत्मरक्षा तालिम लिइरहेका छन् । "/>

महिला माथिका हिंसा बढेपछि धनगढीका किशोरीहरु आत्मरक्षा तालिम लिंदै

महिला माथिका हिंसा बढेपछि धनगढीका किशोरीहरु आत्मरक्षा तालिम लिंदै


धनगढी

बलात्कार लगायत महिला माथि हुने अन्य हिंसा बढ्दै गएपछि सुुदुरपश्चिम प्रदेशको धनगढी रंगशालामा करिव १७ सय महिलाहरुले एकैसाथ आत्मरक्षा तालिम लिइरहेका छन् ।

निर्मला पन्तको बलात्कार पछि हत्या गर्ने पत्ता नलाग्नु र त्यसपछि पनि बलात्कारका घटना बढ्दै गएपछि समाजमा उत्पन्न त्रासका कारण किशोरी, युवती र महिलाहरुमा आत्मरक्षा तालिम लिने अभूतपूर्व उत्साह देखिएको छ । आयोजकले तालिममा १ हजारलार्इ सहभागी गराउने लक्ष्य लिएकोमा महिलाका लागी आत्मरक्षा शिविरमा १७ सय महिला सहभागि भएका छन् ।

तालिम लिनेमा विभिन्न बिद्यालयका कक्षा ७ देखि कक्षा १२ सम्मका किशोरी, क्याम्पसका छात्राहरु, संस्थामा आबद्ध महिला लगायत रहेका छन् । आत्मरक्षा तालिम लिनेमा १४ देखि २० वर्ष सम्मका किशोरीको संख्या बढी रहेको छ । यस प्रदेशमा बलात्कार लगायतका महिला हिंसाको बिरुद्धमा आत्मरक्षा तालिम दिइएको यो पहिलो पटक हो ।

मुलुकमा दिनप्रतिदिन बढ्दै गएको बलात्कार तथा महिला हिंसाको घटनालाई लक्षित गरी एक हप्ते आत्मरक्षा सम्बन्धी शिविर संचालन गरेको राष्ट्रिय गोजुरियो कराते दो संघ नेपालका महासचिव प्रकाश चन्दले बताए । ‘हामीले सोचेको भन्दा धेरै जना तालिम लिन आएका छन् ’ उनले भने, ‘हामीले १ हजारको कोटा राखेका थियौ, १७ सय सहभागी भएका छन् ।’ ७ वटै प्रदेशमा आत्मरक्षा तालिम दिइने उनले बताए ।
नागरिकबाट

Logo