कञ्चनपुर । निर्मला पन्तको न्यायको लागि लडिरहेका महिला अधिकारकर्मीहरु नै एकअर्काबिच आरोप प्रत्यारोपमा उत्रिएका छन् । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मलाको न्यायका लागि आवाज उठाईरहेका तथा आन्दोलन गरिरहेका अधिकारकर्मीहरु नै आरोपप्रत्यारोपमा उत्रिएका हुन् । "/>

निर्मलाको न्यायका लागि लागेका अधिकारकर्मी नै आरोप प्रत्यारोपमा

निर्मलाको न्यायका लागि लागेका अधिकारकर्मी नै आरोप प्रत्यारोपमा


कञ्चनपुर । निर्मला पन्तको न्यायको लागि लडिरहेका महिला अधिकारकर्मीहरु नै एकअर्काबिच आरोप प्रत्यारोपमा उत्रिएका छन् । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मलाको न्यायका लागि आवाज उठाईरहेका तथा आन्दोलन गरिरहेका अधिकारकर्मीहरु नै आरोपप्रत्यारोपमा उत्रिएका हुन् ।

यतिसम्मकी उनीहरुले एक अर्काको कार्यक्रम नै वहिस्कार गरेका छन् । निर्मलाको न्यायका लागि भन्दै आन्दोलनरत मिना भण्डारी नेतृत्वको नागरिक संघर्ष समिति र हेलन श्रेष्ठ नेतृत्वको दवावमुलक संघर्ष समिति एक आपसमा आरोप प्रत्यारोपमा उत्रिएका हुन् ।

शुक्रबार अधिकारकर्मी भण्डारी नेतृत्वको नागरिक संघर्ष समितिले महाकाली यातायातको बैठककक्षमा आन्दोलनबारे सरोकारवाला निकायसंग बैठक आयोजना गरेको थियो । उक्त बैठकमा दुवै समुहका महिला अगुवा एव अधिकारकर्मीबीच आ–आफुले आन्दोलनको नेतृत्वको शुरुवातदेखि गरेको र आफुहरुले मात्रै आन्दोलन गरेको विषयमा दावी गरेका थिए । एक समुहका महिलाले अर्का समुहका महिलामाथी आरोप–प्रत्यारोप लगाउदै आन्दोलनमा आ–आफ्नो ठुलो भूमिका रहेको दाबी गरे ।

निर्मलामा आमाबाबुलाई सुटुक्क राजधानी लगेर आन्दोलन तुहिएको दवावमुलक संघर्ष समितिको आरोप छ । नागरिक संघर्ष समितिका सदस्यले दवावमुलक संघर्ष समितिमा हेलन श्रेष्ठले रकम लगानी गरेको आरोप लगाएपछि बैठकमा बवाल मच्चिएको थियो । नागरिक अगुवा र सरोकारवालाले एउटै उदेश्य, उही माग अनी किन दुई दुई समिति बनाएर हाईलाईट हुन खोजेको भन्दै उनीहरु दुवै समितिमाथी प्रश्न खडा भएको छ ।

अधिकारकर्मी नितु भट्टले विभिन्न समुहमा विभाजित आन्दोलनबाट निर्मलाले न्याय नपाउने ठोकुवा गर्दै समुहगत आन्दोलन तार्किक निष्कर्षमा नपुग्ने दावि गरिन् । एकजुट भएर न्यायको आन्दोलनमा होमिन उनले सबैलाई सुझाव दिईन् । कसैलाई जथाभावि आरोप लगाउन नहुने उनको आग्रह थियो ।

कञ्चनपुरका अगुवाले समुहसमुह र गुटगत आन्दोलनबाट निर्मलाले न्याय नपाउने र केही व्यक्ति समुहको स्वार्थ सिद्ध हुने भएकाले एकजुट भएर आन्दोलनको विकल्प नभएको सुझाव दिएका थिए ।

सहभागीले दुवै समितिका संयोजक र पदाधिकारीले न्यायका लागि दुई समुह किन भन्दै त्यसबारे धारणा माग गरेका थिए । नागरिक संघर्ष समितिका तर्फबाट नयाँ शक्तिकी नेतृ एव अधिकारकर्मी माया नेगीले घटना, आन्दोलन र दुई समुहबारे रिपोर्टिङ गरिरहेका बेला दवावमुलक संघर्ष समिति बिरोधमै उत्रिएका थिए ।

Skip This
Logo