काठमाडौं । २०७२ को विनाशकारी भूकम्पले क्षति पुगेको शीतल निवास नभत्काइने भएको छ । अब यसलाई रेट्रोफिटङ गरेर संरक्षण गरिनेछ । "/>

अब शीतल निवास नभत्काईने, रेट्रोफिटिङ गरेर संरक्षण गरिने

अब शीतल निवास नभत्काईने, रेट्रोफिटिङ गरेर संरक्षण गरिने


काठमाडौं । २०७२ को विनाशकारी भूकम्पले क्षति पुगेको शीतल निवास नभत्काइने भएको छ । अब यसलाई रेट्रोफिटङ गरेर संरक्षण गरिनेछ । गणतन्त्रकालमा राष्ट्रपति कार्यालयका रुपमा प्रयोग हुँदै आएको शीतल निवासलाई अब रेट्रोफिटङ गरेर संरक्षण गरिने भएको हो ।

राष्ट्रपतिका लागि नयाँ भवन बनेपछि शीतल निवास भत्काउन डिजिकन इन्जिनियर्स कन्सल्टेन्टलाई ठेक्का समेत दिइएको थियो । भवनको कलाकौशल र बनोट जगाउन प्रबलीकरण गर्नुपर्ने आवाज उठेपनि सहरी विकास मन्त्रालय, भवन विभाग र केन्द्रीय आयोजना कार्यान्वयनका अधिकारीहरु भत्काउने पक्षमा थिए ।

त्यसअनुसार ठेक्का पनि लागेको थियो । तर, राष्ट्रपति विद्यादेवी भण्डारीले स्वयंमले छुट्टै अध्ययर्न गर्न लगाएकी थिईन् । विज्ञहरुले अग्रभाग भत्काउन नपर्ने रिपोर्ट दिएपछि शीतल निवास भत्काइएको थिएन ।

राष्ट्रपति भण्डारी र पुनर्निर्माण प्राधिकरणका सीईओ सुशील ज्ञवालीबीच बिहीबार भएको भेटमा शीतल निवास नभत्काउने निर्णय भएको हो । अब रेट्रोफिटङ गरेर शीतल निवासको संरक्षण गरिनेछ भने नयाँ भवन बनाउन गुरुयोजना बनाएर अघि बढिनेछ ।

Logo