बैतडी । बैतडीमा आफ्नै सालीको बलात्कारपछि हत्या गर्ने एक युवकलाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाईएको छ । जिल्ला अदालत बैतडीले डिलाशैनी गाउँपालिका–४ पिरेणीका २२ वर्षीय उमेशप्रसाद जोशीलाई सर्वस्वसहित जन्मकैद र थप ८ वर्ष कैद सुनाइएको हो । "/>

आफ्नै सालीको बलात्कारपछि हत्या गर्नेलाई सर्वस्वसहित जन्मकैद

आफ्नै सालीको बलात्कारपछि हत्या गर्नेलाई सर्वस्वसहित जन्मकैद


बैतडी । बैतडीमा आफ्नै सालीको बलात्कारपछि हत्या गर्ने एक युवकलाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाईएको छ । जिल्ला अदालत बैतडीले डिलाशैनी गाउँपालिका–४ पिरेणीका २२ वर्षीय उमेशप्रसाद जोशीलाई सर्वस्वसहित जन्मकैद र थप ८ वर्ष कैद सुनाइएको हो ।

जोशीलाई जिल्ला न्यायधिस माधवप्रसाद अधिकारीको एकल इजलासले शुक्रबार उक्त कैद सजाय सुनाएको बैतडी जिल्ला अदालतका श्रेस्तेदार भीमप्रसाद भुसालले जानकारी दिए । कैद सजाय सुनाइएका जोशीले २०७४ फागुन १७ गते साली नाता पर्ने पुर्चौडी नगरपालिका १ हाटकी १७ वर्षीया डम्बरा भट्टलाई जवरजस्तीकरणी गरी हत्या गरेका थिए ।

पुर्चौडीमा व्यवशाय गरिरहेका जोशीले विद्यालयबाट घर फर्किरहेकी किशोरीलाई आफ्नै कोठामा बोलाएर जबरजस्ती करणी गरी हत्या गरेका थिए । त्यस्तै बैतडीकै मेलौली नगरपालिका २ का २९ बर्षीय किशोर राम ओडलाई पनि आफ्नै सालीलाई बलात्कार गरेको अभियोगमा ८ वर्ष कैद सजाय सुनाईएको छ ।

१४ वर्ष भन्दा कम उमेरकी आफ्नै सालीलाई जबरजस्तीकरणी गरेको पुष्टि भएपछि जिल्ला अदालतले उनलाई ८ वर्ष कैद र ४० हजार क्षतीपुर्तीको फैसला सुनाएको हो । ओडले गत जेठ ८ गते जबरजस्तीकरणी गरेका थिए ।

Logo