कञ्चनपुर । कञ्चनपुरमा फेरि अर्को अनौठो घटना घटेको छ । भारत घर भई कञ्चनपुरमा बस्दै आएका एक व्यक्तिले आफ्नै जेठानकी श्रीमती भगाएका छन् । "/>

कञ्चनपुरमा फेरि घट्यो अनौठो घटना, जेठानकी श्रीमती ज्वाईले भगाए

कञ्चनपुरमा फेरि घट्यो अनौठो घटना, जेठानकी श्रीमती ज्वाईले भगाए


कञ्चनपुर । कञ्चनपुरमा फेरि अर्को अनौठो घटना घटेको छ । भारत घर भई कञ्चनपुरमा बस्दै आएका एक व्यक्तिले आफ्नै जेठानकी श्रीमती भगाएका छन् । भारतको पिलिभित घर भई भीमदत्त नगरपालिका–५ सुकासालमा बस्दै आएका ३० वर्षीय पन्नालाल मोर्याले आफ्नै श्रीमतीका दाईको श्रीमती भगाएका हुन् ।

विगत १५ वर्षदेखि सुकासालमा बस्दै आएका पन्नालालले जेठान हरिस दमाईकी श्रीमती द्रोपती दमाईलाई भगाएर लगेका हुन् । आफ्नै बहिनी ज्वाँईले श्रीमती भगाएपछि हरिस यतिबेला प्रहरीलाई गुहार माग्न पुगेका छन् । हरिसले आमा रोहिता दमाई, दिदी ईश्वरी मोर्यासहित उनीहरुलाई खोजबिन र कारवाहीको लागि पिडित जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा उजुरी दिएका छन् ।

पन्नालाल बिहीबार दिउँसो १२ बजेतिर तरकारी ल्याउँछु भन्दै बजार हिँडेका थिए । त्यही बेला भीमदत्त नगरपालिका १० तिलकेनी घर भएका हरिस दमाईकी श्रीमती द्रोपति दमाई पनि पेट दुखेको भन्दै जिमुवा अस्पताल आउँछु भन्दै घरदेखि हिँडेका थिईन् ।

‘दुवै जना एकै साथ एकै समयमा आ–आफ्नो घरबाट निस्किए, अबेरपखसम्म पनि दुवै घर आएनन्, ईश्वरीले भनिन् । ‘मैले मेरा श्रीमान घरमा नआएपछि उता माइतमा फोन गरेर द्रोपतिको बारेमा बुझेँ । उनी पनि घर आएकी थिईनन्, मलाई थाहा भयो, कि दुवै जना भागेर भारत गए ।’

उनीहरुबीच लामो समयदेखि फोनमा कुराकानी हुने गरेको थियो । पन्नालाल र ईशवरीको ११ वर्षअघि मागी विवाह भएको थियो । उनीहरुका दुई छोरा छन् । त्यस्तै हरिस र द्रोपतिको पनि १२ वर्ष अघि मागी विवाह नै भएको थियो । उनीहरुको दुई छोरी छन् ।

Logo