काठमाडौं

भूकम्पमा भत्किएको धरहरा साँढे तीन अर्ब रुपैयाँ लगानीमा निर्माण हुने भएको छ । "/>

पुरानै शैलीमा आधुनिक किसिमले धरहराको निर्माण गरिने

पुरानै शैलीमा आधुनिक किसिमले धरहराको निर्माण गरिने


काठमाडौं

भूकम्पमा भत्किएको धरहरा साँढे तीन अर्ब रुपैयाँ लगानीमा निर्माण हुने भएको छ । यसलाई पुरानै शैलीमा आधुनिक किसिमले निर्माण गरिनेछ । प्रधानमन्त्री केपी ओली नेपाल फर्कि सकेकाले लगत्तै शिलान्यास गरेर निर्माण अघि बढाउने योजना रहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सहसचिव इन्जिनियर राजुमान मानन्धरले जानकारी दिए । ४२ रोपनी क्षेत्रफलमा ३ अर्ब ४८ करोडको लागतमा धरहरा निर्माण हुनेछ ।

दुई वर्ष भित्र निर्माण पूरा गर्ने लक्ष्यका साथ निर्माण थालिएको उनले बताए । कुनै किसिमको अवरोध नभएमा दुई वर्ष भित्र मै निर्माण सम्पन्न गरिने उनको दाबी छ । स्थानीयको गुनासोलाई सम्बोधन गर्दै परम्परा, संस्कृतिलाई खलल नहुने गरी निर्माण गरिने उनले बताए ।

निर्माणको जिम्मा पाएको जीआईईटीसी र रमन जेभीले निर्माणका लागि उपकरण, जनशक्ति र निर्माण सामाग्री धमाधम ल्याइरहेको छ । ती उपकरण र सामाग्री काठमाडौं उपत्यका खानेपानी लिमिटेडमा राखिएको छ । उपकरण तथा निर्माण सामाग्री राख्न नेपाली सेनासँग टुँडिखेल माग गरिएको छ । सेना सकारात्मक भएको उनले बताए । ‘केही दिनमा सेनाले निर्णय गर्छ, टुँडिखेलको दक्षिणमा उपकरण र निर्माण सामाग्री राखेर काम सुरु हुन्छ’, उनले भने ।

६९ दशमलव २ मिटर अग्लो २२ तले धरहरा निर्माण हुने इन्जिनियर मानन्धरको भनाइ छ । ‘अब भीमसेन थापाको पालाको जस्तै त हुँदैन, तर पुरानै शैलीमा आधुनिक धरहरा बन्छ, त्यो नभत्किने गरी बन्छ’, उनले भने । पुरानो धरहरा भन्दा १० मिटर पूर्वमा आधुनिक धरहरा बन्नेछ । भत्किएको धरहरालाई टेम्पर ग्लासले छोपिनेछ, त्यो पर्यटकलाई हेर्न खुला राखिनेछ । धरहरामा दुई लिफ्ट हुनेछन् । लिफ्ट चढ्न बिजुलीको भर्‍याङबाट दुई तला तल अन्डरग्राउन्ड झर्नु पर्नेछ । प्रतिसेकेन्ड डेढ मिटर गति भएका लिफ्ट जडान गरिनेछ । धरहराको २२ तलामा पुग्न ४६ सेकेन्ड लाग्ने अनुमान छ ।
अन्नपूर्णबाट

Logo