काठमाडौं । चर्चित निर्मला पन्तकाण्ड अन्तर्राष्ट्रियकरण गरिएको छ । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मलाका अपराधी अझै पत्ता लाग्न नसकेपछि अन्तर्राष्ट्रिय मिडियाको ध्यान तानिएको छ । "/>

निर्मला काण्ड अन्तर्राष्ट्रियकरण, अमेरिकाको पत्रिकाले फिचर नै लेख्यो

निर्मला काण्ड अन्तर्राष्ट्रियकरण, अमेरिकाको पत्रिकाले फिचर नै लेख्यो


काठमाडौं । चर्चित निर्मला पन्तकाण्ड अन्तर्राष्ट्रियकरण गरिएको छ । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मलाका अपराधी अझै पत्ता लाग्न नसकेपछि अन्तर्राष्ट्रिय मिडियाको ध्यान तानिएको छ ।

पछिल्लो समय नेपालमा बलात्कार, बढ्दै गएको महिला हिंसा र पोर्न साईटमा बन्देज लगाएको विषयमा अमेरिकाको चर्चित पत्रिका द वाशिङटन पोस्ट ले फिचर नै खेलेको छ । अमाण्ड एरिकसनले लेखेकी छन्, ‘नेपालले पोर्नसाईट बन्द गरेर महिला हिंसा विरुद्ध लडिरहेको छ ।’

उनले लेखेको फिचरमा नेपालको पछिल्ला तीन वर्षको बलात्कारजन्य घटनाको तथ्यांक समवेश गरेकी छन् । उक्त तथ्यांकको आधारमा उनले नेपालमा महिला हिंसा बढ्दो गतिमा रहेको जनाएकी छन् । उनी लेख्छिन्, ‘नेपालमा महिला हिंसा बढ्दो छ ।

दुई महिना अघि मात्र कञ्चनपुरकी १३ वर्षिय बालिका निर्मला पन्तलाई बलत्कार गरि उनको हत्या गरिएको थियो । त्यस्तै केहि महिना अघि फेरि अर्की १० वर्षिय बालिकालाई रातको समयमा पाँच जनाको अज्ञात समूहले सामूहिक बलत्कार गरेका थिए ।’

गाउँघर, समाजमा समेत महिलाहरु सुरक्षित नरहेको दाबी गर्दै उनी लेख्छिन्, ‘महिलाहरु आफ्नो गाँउघर, समाजमा समेत सुरक्षित छैनन् । बलत्कारको क्रम निकै बढेको छ । गत महिना मात्र आफ्नै घरमा सुतिरहेका दुई किशोरी दिदि बहिनी सम्झना दास र सुस्मिता दास पनि एसिड आक्रमणको शिकार बन्न पुगे । उनीहरुलाई सुतिरहेकै ठाँउमा आएर छिमेकीले एसिड प्रहार गरेको हो । एसिड आक्रमण भएको करिब ७ घण्टा उनीहरुलाई काठमाडौं ल्याईपुर्‍याईएको थियो । अन्तत १८ वर्षीया सम्झनाको मृत्यु भयो । कीर्तिपूर अस्पतालमा उपचार गर्ने क्रममा उनको मृत्यु भयो । त्यो घटना हुनु दुई साता अघि रामबाबुले उनलाई बारम्बार फोन गरेर यौन सम्बन्ध राख्न ढिपी गरेका थिए ।’

दिनँहु यस्ता हिंसा बढिरहेको बेला पनि सरकार मौन बसेको उनले पनि उनले आरोप लगाएकी छन् । अपराधीलाई कारवाहीको माग गर्दै जनताहरु दिनप्रतिदिन आन्दोलनमा रहेको उनको फिचरमा उल्लेख छ ।

यस्ता घटनाको मुख्य कारण पोर्न साईटलाई मान्दै सरकारले पोर्न साईट बन्द गराएको दाबी गर्दै उनले लेखेकी छन्, ‘देशमा दिनँहु यस्ता हिंसाहरु बढ्रिहदा पनि नेपाल सरकार मौन छ । अपाधीलाई कारबाहीको माग गर्दै जनताहरु अन्दोलनमा उत्रिने क्रम पनि जारी नै छ । यस्ता घटनाको मुख्य कारण र्पोन साइटलाई मान्दै हालै सरकारले र्पोन साइट पोर्न हव बन्द गरेको छ ।’

अहिले सबैको घरमा सजिलै इन्टरनेटको पँहुच भएकोले गर्दा नेपाली टिनएजरहरुको र्पोन साएट तर्फ आर्कषण बढेको हो । सरकारले पोर्नोग्राफी भिडियो अर्थात यौनजन्य गतिविधि उत्पादन गर्ने कार्यलाई अनैतिक भनेको छ ।

सरकारले पोर्न साइटहरु बन्द गरेपनि किशोर–किशोरीहरु भिएनपी मार्फत पोर्न साइट हेर्न सक्नेछन् । तर आलोचकहरुले पोर्न प्रतिबन्धले झन यस्तो घटनाहरु बढ्ने उनको फिचरमा उल्लेख गरिएको छ । इन्टरनेट सोसाइटी अफ नेपालको शुभ कायस्ताको भनाईलाई उदृत गर्दै उनी लेख्छिन्, ‘यौन हिंसा रोक्ने एक राम्रो तरिका भनेको मानिसलाई शसक्त पार्नु र अपराधीलाई सजाय दिनु नै हो ।’

यस्ता घटनाहरु कम गर्नको लागि महिलालाई शिक्षा दिनु आवश्यक छ । आज भोली हेर्ने हो भने स्थानीय प्रहरीले पनि अपराधीलाई सजाय दिनुको साटो उल्टै संरक्षण गर्दै आएको उनको दाबी छ । यस्तो जलन्त उदाहरणको रुपमा निर्मलाको हत्या काण्डलाई लिन सकिन्छ । सामुदायिक कार्यकर्ताहरु भन्छन्, ‘प्रहरीले वास्तविक अपराधीहरुको पहिचान लुकाएर निर्दोस मानिसलाई गलत ठहराउने छ ।’

निर्मलाको हत्या भएको दुई महिना बितिसक्दा पनि सरकारले अपराधी पत्ता लगाउन सकेको छैन् । तर मानिसहरुले निर्मलाको न्यायको निम्ति आवाज उठाउन छोडेका छैनन् । उनको न्यायको निम्ति लड्ने क्रममा एकजना किशोर युवकले ज्यान समेत गुमाए भने अन्य केहि घाइते भएका थिए ।

नेपालको केन्द्रिय बाल कल्याण बोर्ड अनुसार नेपालमा ६० प्रतिशत बलात्कारको रिर्पोट गर्ने बलात्कार पिडितहरु १६ वर्ष भन्दा कम उमेरको रहेका छन् । त्यसको ३ प्रतिशत भने १० वर्ष भन्दा कम उमेरका छन् ।

(यो सामाग्री हामीले दैनिक द वाशिङटन पोस्टबाट साभार गर्दै नेपाली अनुवाद गरेका हौं)

Logo