जनकपुुरधाम । श्रीमान विदेशमा श्रीमती अर्कै पुरुषसँगको सम्बन्धमा । धनुषाको हंसपुरनगरपालिका ८ रामनगराकी २४ वर्षीया बिकाकुमारी एक स्थानीय २७ वर्षीय लालबाबु मण्डलसँग प्रेम सम्बन्ध र शारीरिक सम्बन्धमा थिए । "/>

परपुरुषसँग अवैध सम्बन्ध राखिरहेको जेठानीले देखेपछि…

परपुरुषसँग अवैध सम्बन्ध राखिरहेको जेठानीले देखेपछि…


जनकपुुरधाम । श्रीमान विदेशमा श्रीमती अर्कै पुरुषसँगको सम्बन्धमा । धनुषाको हंसपुरनगरपालिका ८ रामनगराकी २४ वर्षीया बिकाकुमारी एक स्थानीय २७ वर्षीय लालबाबु मण्डलसँग प्रेम सम्बन्ध र शारीरिक सम्बन्धमा थिए । श्रीमान विदेशको भएकाले बिकालाई घरमा मोज थियो । आफुलाई मन लागेको बेला लालबाबुलाई घरमै बोलाउथिन् ।

कहिलेकाही बाहिर पनि जान्थ्ये । यो सबै कुरा जेठानी २८ वर्षीया सञ्जुदेवी मण्डलले थाहा पाईन् । उनले पटक पटक सम्झाईन् । तर बिकाकुमारी उनको कुनै कुरा सुनिनन् । उनीहरुबीचको सम्बन्धबार गाउँ घरमा पनि गाइगुई कुरा चल्न थाल्यो ।

बिका र लालबाबुको अवैद्य सम्बन्ध भएको थियो । यसबारे जेठानी सन्जुले टोल छिमेकमा जानकारी समेत गराएकी थिइन् । यही विषयलाई लिएर देवरानी जेठानीबीच पटक–पटक झगडा समेत हुने गरेको थियो ।

बिकाकुमारी र लालबाबुबीचको अवैध सम्बन्धकै कारण सञ्जुदेवीले ज्यान गुमाउनुपरेको छ । असोज ३ गते राति उनी कोठामा मृत फेला परिन् । उनको बिकाकुमारी र लालबाबु मिलेर हत्या गरेका रहेछन् । जुन दिन राति उनको हत्या भयो त्यो दिनपनि उनीहरुबी अबैध सम्बन्ध भईरहेको देखेकी थिईन् । आफुहरुको पोल खुल्ने डरले दुवै मिलेर सञ्जुदेवीको हत्या गरेका हुन् ।

प्रहरीले घटनाबारे जानकारी पाएपछि असोज ४ गते घटनास्थल पुगेर शव पोष्टमार्टका लागि जनकपुर अंचल अस्पतालमा पठाएको थियो । अनुसन्धानका क्रममा मृतक मण्डलको देवरानी बिकाकुमारी लालबाबुले घाँटी थिचेर हत्या गरेको खुलेको धनुषाका प्रहरी उपरीक्षक गोबिन्द थपलियाले जानकारी दिए ।

घटनामा संलग्न रहेका दुवैजनालाई असोज ११ गते पक्राउ गरी जिल्ला अदालत धनुषाबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको छ । प्रहरीले सन्जुको घाँटी थिच्न प्रयोग गरिएको पन्जा समेत बरामद गरेको छ । पक्राउ परेका दुवैजनाले घटनामा आफ्नो संलग्नता भएको स्वीकार गरेका छन् । मृतक सन्जु र बिकाका श्रीमान् दुवै वैदेसिक रोजगारमा खाडी मुलुकमा छन् ।

तस्बिरः पुरपुरुषसँग अवैध सम्बन्ध राखेर जेठानीको हत्या गर्ने विकाकुमारी मण्डल ।

Logo