कैलाली । अत्तरियाबासिले राष्ट्रिय पत्रिका कान्तिपुर दैनिक जलाएका छन् । सुदूरपश्चिम प्रदेशको राजधानी गोदावरी तोकिएपछि राजधानी गोदावरी तोनिुपर्ने समाचार छापेको भन्दै अत्तरियाका स्थानीयले कान्तिपुर दैनिक, दि काठमाडौं पोष्ट र अन्नपूर्ण पोष्ट पत्रिका जलाएका हुन् । "/>

अत्तरियामा स्थानीयले राष्ट्रिय पत्रिकाहरु नै जलाए

अत्तरियामा स्थानीयले राष्ट्रिय पत्रिकाहरु नै जलाए


कैलाली । अत्तरियाबासिले राष्ट्रिय पत्रिका कान्तिपुर दैनिक जलाएका छन् । सुदूरपश्चिम प्रदेशको राजधानी गोदावरी तोकिएपछि राजधानी गोदावरी तोनिुपर्ने समाचार छापेको भन्दै अत्तरियाका स्थानीयले कान्तिपुर दैनिक, दि काठमाडौं पोष्ट र अन्नपूर्ण पोष्ट पत्रिका जलाएका हुन् ।

प्रदेश सरकारको बहुमतबाट प्रदेशको राजधानी तेघरी गोदावरी सिफारिस गरिएपछि राष्ट्रिय पत्रिकाहरुले चुरे खतरामा, बाँधको बाटोमा राजधानी लगायतका शिर्षकहरु राखेर समाचार प्रकाशित गरेका थिए ।

आक्रोसित युवाहरुले नेपालगञ्जबाट कान्तिपरको भे १ च १३०५ नम्बरको गाडीमा रहेका कान्तिपुरका प्रकाशनहरु ‘कान्तिपुर दैनिक’ र ‘दि काठमाडौं पोष्ट’ जलाएका हुन् ।

अत्तरिया र सात पहाडी जिल्लाका लागिजाने सबै पत्रिका जलाएको अत्तरियाका विक्रेता यज्ञराज जोशीले जानकारी दिए । उनको अत्तरियास्थित निलम पुस्तक पसल अगाडी राखिएका पहाडी सात जिल्ला र अत्तरियाको सबै पत्रिका जलाइएको हो ।

गोदावरी नगरपालिकाको गोदावरी वनमा स्थायी राजधानी तोकेको विरोधमा धनगढीमा आन्दोलन भएको थियो । पत्रपत्रिकाले अत्तरिया राजधानीको विरोधमा समाचार छापेको आरोप लगाउदै अत्तरियाका अपराधिक मानसिकता बोकेको समूहले अन्नपूर्ण पोष्टका साथै कान्तिपुर, नागरिक दैनिक पनि जलाएका प्रत्यक्षदर्शीले जनाएका छन् ।

Logo