एजेन्सी । स्तन क्यान्सर जनचेतना महिना अभियानका क्रममा टेनिश स्टार सेरेना विलियम्सले नांगो छाती छामेकी छन् । आफ्नै शरीर प्रयोगमा ल्याएकी सेरेनाले स्तन क्यान्सर जनचेतना महिना अभियानका क्रममा एउटा भिडियोमा आफ्नो स्तन छामेकी हुन् । "/>

जब स्तन क्यान्सरबारे सचेतना दिन सेरेनाले नाङ्गो छाती छामिन्

जब स्तन क्यान्सरबारे सचेतना दिन सेरेनाले नाङ्गो छाती छामिन्


एजेन्सी । स्तन क्यान्सर जनचेतना महिना अभियानका क्रममा टेनिश स्टार सेरेना विलियम्सले नांगो छाती छामेकी छन् । आफ्नै शरीर प्रयोगमा ल्याएकी सेरेनाले स्तन क्यान्सर जनचेतना महिना अभियानका क्रममा एउटा भिडियोमा आफ्नो स्तन छामेकी हुन् ।

स्तन क्यान्सर बिरुद्ध चेतना जगाउन आफ्नो नाङ्गो छाती हातले छाम्दै गरेको गीत सहितको भिडियो इन्स्टाग्राममार्फत सार्वजनिक गरेकी छन् ।

भिडियो क्लिप सार्वजनिक गर्दै सेरेनाले स्तन क्यान्सर सचेतना महिना अभियानका क्रममा महिलाहरुलाई आफ्नो स्तन आफै परीक्षण गर्न सम्झाउनका लागि विश्व चर्चित आइ टच माइसेल्फ भर्सन रेकर्ड गराएकी हुन् ।

स्तन क्यान्सरले विश्वभरका सबै रंगका सबै महिलालाई असर पारेको भन्दै सेरेनाले आफ्नो स्तन आफैंले छामेर परीक्षण गर्दा मैले आफुलाई सुरक्षित महसुस गरेको बताएकी छन् । क्यान्सरको शुरुवातमै पहिचान गर्न सके सयौं जीवन जोगाउन सकिने उनको भनाइ छ ।

Logo