संखुवासभा

खाँदबारी नगरपालिका–५ का वडाध्यक्ष वैदेशिक रोजगारमा गएका छन् । ५ नं. वडाका अध्यक्ष बम बहादुर घले वैदेशिक रोजगारमा दक्षिण कोरिया गएको एक वर्ष वितेको छ । "/>

वडाध्यक्ष एकवर्ष देखि वैदेशिक रोजगारमा : वडामा कार्यबाहक अध्यक्ष

वडाध्यक्ष एकवर्ष देखि वैदेशिक रोजगारमा : वडामा कार्यबाहक अध्यक्ष


संखुवासभा

खाँदबारी नगरपालिका–५ का वडाध्यक्ष वैदेशिक रोजगारमा गएका छन् । ५ नं. वडाका अध्यक्ष बम बहादुर घले वैदेशिक रोजगारमा दक्षिण कोरिया गएको एक वर्ष वितेको छ । वडा अध्यक्ष घलेले नगरपालिका कार्यालयमा एक निवेदन समेत दर्ता गरेको नगरपालिका कार्यालयले जनाएको छ ।

नगरपालिका कार्यालयमा वडा अध्यक्ष घलेले घरायसी कामका कारण घर बाहिर जानु पर्ने भएकाले आफू कार्यालयको काममा उपस्थित हुन नसक्ने पत्र दिएका बताइएको छ ।

उनको पत्रमा कार्यवाहकको जिम्मेवारी वडा सदस्य श्यामप्रसाद निरौलालाई दिएका छन् । कार्यवाहक निरौलाका अनुसार आफूलाई वडा अध्यक्ष घलेले काम गर्ने जिम्मेवारी पत्र दिएकाले सो जिम्मेवारी सम्हालिरहेको बताए । तर वडा अध्यक्ष घले घरायासी कामका लागि नभई वैदेशिक रोजगारका सिलसिलामा दक्षिण कोरिया गएको रहस्य खुलेको हो ।

घले रोजगारीको सिलसिलामा विदेश गएको र कार्यवाहकको जिम्मा सदस्यलाई तीन महिना भन्दा बढी दिन नमिल्ने भएकाले उप निर्वाचन गर्नुपर्ने केही सदस्यहरुको भनाइ छ । तर वडा अध्यक्षले भने स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १६ को ग बमोजिम आफूले कार्यवाहक अध्यक्ष जिम्मेवारी दिएका दावी गरे । उता वडा नं. ३ मा समेत वडासदस्यले अध्यक्षको जिम्मेवारी पाएका छन् ।

वडा अध्यक्ष तोयनाथ ढुङ्गानाको हृदयघातका कारण केही महिना अघि मृत्यु भएको थियो । वडा अध्यक्षको मृत्यु भएकाले केही कार्यापालिका सदस्यहरुले उपनिर्वाचन हुनु पर्ने माग गर्दै आएका छन् । वडा अध्यक्ष ढुंगानाको मृत्यु भएपछि महिला वडा सदस्य सुनिता कार्कीले जिम्मेवारी सम्हालिरहेकी छन् ।
राजधानीबाट

Skip This
Logo