नेपालगन्ज

नेपालगन्जको सदरलाइनमा १४ वर्ष अघि न्यू दीप ज्वेलर्सका सञ्चालक दीपक हेमकारसहित पाँचजनाको हत्या उनकै ससुराबाट भएको प्रहरी अनुसन्धानबाट रहस्य खुलेको छ । "/>

दीपक हेमकार परिवारका पाँचजनाको ससुराबाटै हत्या भएको पुष्टि

दीपक हेमकार परिवारका पाँचजनाको ससुराबाटै हत्या भएको पुष्टि


नेपालगन्ज

नेपालगन्जको सदरलाइनमा १४ वर्ष अघि न्यू दीप ज्वेलर्सका सञ्चालक दीपक हेमकारसहित पाँचजनाको हत्या उनकै ससुराबाट भएको प्रहरी अनुसन्धानबाट रहस्य खुलेको छ ।

हत्यामा परिवारकै सदस्यको संलग्नता रहेको आशंका गर्दै आएको प्रहरीले शनिबार जमुनाहाबाट हत्याकाण्डका मुख्य योजनाकार किशोरीलाल सोनीलाई पक्राउ गर्न सफल भएपछि घटनाको १४ वर्षपछि प्रहरीले आशंकालाई सत्य साबित गरेको हो ।

भारतको उत्तर प्रदेश सीतापुर जिल्ला विसवाँ बजार घर भइ हाल लखनउको सीतापुरस्थित प्रियदर्शनी कालोनीरोडमा बस्दै आएका अभियुक्त सोनी दीपक हेमकारका आफ्नै ससुरा हुन् । जमुनाहा नाकाबाट नेपाल प्रवेश गरेको सूचनाका आधारमा शनिबार बिहान ८ बजे सोनीलाई प्रहरीले पक्राउ गरेको हो ।

घटनाका मुख्य योजनाकार पक्राउ परे पनि दीपक पत्नी दीपा लगायत शंकास्पद ब्यक्तिको प्रहरीले खोजी गरिरहेको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानले आर्थिक कारोबार नै हत्याको मुख्य कारण भएको थाहा भएको छ । दीपक र उनका ससुरा दुबै सुनचाँदी व्यवसायी भएकाले विवाह लगत्तै देखि कारोबारमा कुनै समस्या रहेको प्रहरीले जनाएको छ ।

२३ चैत २०६२ मा नेपालगन्ज –११ ( साबिक वडा नं. १५ ) को न्यू दीप ज्वेलर्सका सञ्चालक ३२ वर्षका दीपक हेमकार, उनकी ८२ वर्षीया हजुरआमा गुलावदेवी हेमकार, बावु ६२ वर्षीय जगदेव हेमकार, ४५ वर्षीया आमा सीतादेवी हेमकार र ज्वेलर्समा काम गर्ने साबिक खास कुश्मा–१ कुसुमका १५ वर्षीय राम शनिश्चर चौधरीको हत्या भएको थियो । सुतेकै अवस्थामा धारिलो हतियार प्रयोग गरी घाँटी रेटेर रुद्रघण्टी काटेर सबै जनाको एकै प्रकृतिमा हत्या गरिएको थियो ।
अन्नपूर्णबाट

Logo