मकवानपुर । नेत्रविक्रम चन्द नेतृतवको नेकपा कार्यकर्ताहरुले मालपोत कार्यालयमा तोडफोड गरेका छन् । उत्तरी मकवानपुरको थाहा नगरपालिकास्थित मालपोत कार्यालय तोडफोड गरेका हुन् । "/>

विप्लव कार्यकर्ताद्धारा पालुङको मालपोत कार्यालय तोडफोड

विप्लव कार्यकर्ताद्धारा पालुङको मालपोत कार्यालय तोडफोड


मकवानपुर । नेत्रविक्रम चन्द नेतृतवको नेकपा कार्यकर्ताहरुले मालपोत कार्यालयमा तोडफोड गरेका छन् । उत्तरी मकवानपुरको थाहा नगरपालिकास्थित मालपोत कार्यालय तोडफोड गरेका हुन् ।

आईतबार बिहान साढे ११ बजेतिर कार्यालय प्रवेश गरेका उनीहरुले कार्यालयका कुर्सी, कम्प्युटर, दराज लगायतका समानहरु तोडफोड गरेका छन् । तोडफोडपछि छोडिएको पत्रमा कार्यालयमा व्यापक चलखेल बढेको उल्लेख गरिएको छ ।

तोडफोडका लागि करिब ७ जनाको समुह कार्यालय प्रवेश गरेको कार्यालयले जनाएको छ । उनीहरुको खोजी कार्य जारी रहेको इलाका प्रहरी कार्यालय पालुङ्ले जनाएको छ ।

 

Logo