बनेपा

नेपाली काङ्ग्रेस पार्टीले सङ्घीय संरचना अनुरुप पार्टी सङ्गठन निर्माण गर्न बनाएको विधान मस्यौदा माथि नेता कार्यकर्ताबाट सुझाव सङ्कलन गरेको छ । "/>

काङ्ग्रेसको विधान संशोधन गर्न सुझाव सङ्कलन

काङ्ग्रेसको विधान संशोधन गर्न सुझाव सङ्कलन


बनेपा

नेपाली काङ्ग्रेस पार्टीले सङ्घीय संरचना अनुरुप पार्टी सङ्गठन निर्माण गर्न बनाएको विधान मस्यौदा माथि नेता कार्यकर्ताबाट सुझाव सङ्कलन गरेको छ । केन्द्रीय विधान मस्यौदा समितिको आयोजनामा धुलिखेलमा आयोजित दुई दिने सुझाव सङ्कलन कार्यक्रममा पार्टीका नेता तथा कार्यकर्ताले पार्टीलाई बलियो र मजबुत बनाउनुपर्नेमा जोड दिनुभयो ।

पार्टी महाधिवेशन प्रतिनिधि ललिता किङरिङले नेपाली र अङ्ग्रेजी दुबै भाषामा विधान हुनुपर्ने बताउँदै जनसङ्ख्याको आधारमा पार्टीका हरेक तहमा आदिवासी जनजाति, दलित, महिला र मधेशीलाई समावेश गर्ने कुरा विधानमै उल्लेख हुनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “समावेशी र समानुपातिकको आधारमा कुन वर्गको मान्छे अटाउन सकिएन, त्यो थपिने व्यवस्था विधानमा हुनुपर्छ ।”

किङरिङले निर्वाचनमा बढी मत ल्याएर हार्ने व्यक्तिलाई पनि केन्द्रीय समितिमा मनोनीत हुनुपर्ने व्यवस्था विधानमा उल्लेख गर्न सुझाव दिनुभयो । महाधिवेशन प्रतिनिधि शङ्खबुद्ध लामाले काङ्ग्रेसको अहिलेसम्म आफ्नो छुट्टै गान नभएको उल्लेख गर्दै पार्टी र त्यसको मर्म झल्कने खालका गान तयार गरी पार्टीका हरेक कार्यक्रममा त्यसलाई अनिवार्यरुपमा गाउने नीति हुनुपर्ने बताउनुभयो ।

अर्का महाधिवेशन प्रतिनिधि प्रमिला योञ्जनले अहिलेसम्ममा विधानमा सबै तहमा महिला पदाधिकारी हुनुपर्ने व्यवस्था उल्लेख नगरेकाले अब त्यसलाई अनिवार्य व्यवस्था गर्नुपर्ने सुझाव दिदैं पार्टीको उपसभापतिमा महिला अनिवार्य हुनुपर्ने व्यवस्था गर्न आग्रह गर्नुभयो ।

नेपाल शिक्षक सङ्घ प्रदेश नं ३ का अध्यक्ष नारायणप्रसाद तिमल्सिनाले पार्टी सञ्चालन गर्नका लागि अनिवार्य लेवीको व्यवस्था गर्नुपर्ने सुझाव दिदैं “हामी पेशाकर्मीले पार्टीलाई बलियो बनाउन लेवी तिर्न तयार छौँ, विधानमा त्यसको अनिवार्य व्यवस्था गर्नुप¥यो”, भन्नुभयो । पार्टीको विभाग गठन गर्दा सरोकारवाला पेशागत व्यक्ति लाई राख्न विधानमा नै स्पष्ट व्यवस्था हुनुपर्ने सुझाव उहाँको छ । भेलामा पार्टीका विधान मस्यौदा समितिका संयोजक पूर्णबहादुर खड्काले सबैले दिएको सुझावलाई मनन गर्दै समितिले संशोधित विधानमा समेटिने बताउनुभयो ।
रासस

Logo