अभिनेत्री रेखा थापाको निर्माण तथा निर्देशन रहेको चलचित्र ‘मालिका’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रम गरि ट्रेलर सार्वजनिक गरिएको हो । "/>

‘मालिका’ मा यस्तो देखियो रेखाको रुप (हेर्नुहोस् ट्रेलर)

‘मालिका’ मा यस्तो देखियो रेखाको रुप (हेर्नुहोस् ट्रेलर)


अभिनेत्री रेखा थापाको निर्माण तथा निर्देशन रहेको चलचित्र ‘मालिका’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रम गरि ट्रेलर सार्वजनिक गरिएको हो ।

यस चलचित्रमा नारी सशक्तीकरणलाई जोड दिइएको छ । एउटा नारीको जीवनमा आउने चुनौती तथा उतारचढावलाई चलचित्रको मुख्य विषयवस्तु बनाइएको छ । रेखा थापा र जाजरकोटकी १४ वर्षिय बालिकालाई ट्रेलरमा प्रस्तुत गरिएको छ । शिवम अधिकारीको पटकथामा रेखा थापा र नर कार्कीको कथा तथा कन्सेप्ट रहेको छ ।

मालिकामा सुरेश अधिकारी र एस डि योगीको संगीत रहेको छ भने बनिश शाहको सम्पादन रहेको छ । यो चलचित्र कार्तिक १६ गतेबाट देशभर प्रर्दशनमा हुनेछ ।

ट्रेलरमा रेखाले भनेकी छन्- ‘एउटा बालिकालाई बिबाहको मण्डपमा राख्यो अनि एउटा बलात्कारीको बिबाहमा आएर दर्शक बन्यो, यसको आवाज कसले उठाउछ ?’ चलचित्रले महिला सशक्तीकरणका बिषय उठाएको निर्माता थापाले जानकारी दिईन् ।

 

Logo