लन्डन

जर्मनीले टर्कीलाई पछारेर युरोकप २०२४ को आयोजना गर्ने अधिकार प्राप्त गरेको छ । "/>

जर्मनीले पायो युरोकप ०२४ आयोजना गर्ने मान्यता

जर्मनीले पायो युरोकप ०२४ आयोजना गर्ने मान्यता


लन्डन

जर्मनीले टर्कीलाई पछारेर युरोकप २०२४ को आयोजना गर्ने अधिकार प्राप्त गरेको छ ।

युईएफाका कार्यकारी कमिटीले बिहीबार मतदान गर्दै जर्मनीलाई युरोकप २०२४ को आयोजकमा छनोट गरेको हो । स्विट्जरल्यान्डको नियोनमा भएको मतदानमा अन्तिममा यी दुई राष्ट्रबीच आयोजक बन्ने प्रतिस्पर्धा भएको थियो । योसँगै दुई जर्मनी एक भएपछि पहिलो पटक एकीकृत जर्मनीले युरोपको प्रतियोगिता आयोजना गर्न लागेको छ । यसअघि पश्चिम जर्मनीले १९८८ को प्रतियोगिता आयोजना गरेको थियो ।

उक्त आयोजक बन्ने प्रयास असफल भएपछि टर्की पुन एकपटक अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता आयोजना गर्न वंचित भयो । टर्कीले अहिलेसम्म अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता आयोजना गर्न पाएको छैन । सो राष्ट्रले यसअघिका तीन युरो २००८, २०१२ र २०१६ मा पनि प्रस्ताव राखेको थियो । साथै २०२० को गृष्मकालीन ओलम्पिकको आयोजना दौडमा पनि टर्की जित्न असफल भएको थियो ।
एजेन्सी

Logo