काठमाडौँ

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसँग निजी आवास निर्माण गर्न सम्झौता गरेका तर आर्थिक अभावका कारण हालसम्म आवास निर्माण सुरु गर्न नसकेका लाभग्राहीले तीन लाख सम्म सहुलियतपूर्ण कर्जा लिन पाउने भएका छन् । "/>

घर बनाउन नसक्ने भूकम्पपीडितलाई २ प्रतिशत व्याजमा ३ लाख सम्म कर्जा दिइने

घर बनाउन नसक्ने भूकम्पपीडितलाई २ प्रतिशत व्याजमा ३ लाख सम्म कर्जा दिइने


काठमाडौँ

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसँग निजी आवास निर्माण गर्न सम्झौता गरेका तर आर्थिक अभावका कारण हालसम्म आवास निर्माण सुरु गर्न नसकेका लाभग्राहीले तीन लाख सम्म सहुलियतपूर्ण कर्जा लिन पाउने भएका छन् ।

मन्त्रिपरिषद्बाट पारित ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि २०७५ अनुसार घर बनाउन नसकेका भूकम्पपीडितले निजी आवास निर्माणका लागि अधिकतम पाँच वर्षका लागि ऋण लिन सक्ने प्राधिकरणले जनाएको हो ।

सरकारले ब्याज अनुदान उपलब्ध गराउने यस्तो कर्जामा सम्बन्धित बैंक तथा वित्तीय संस्थाले आफ्नो आधार दरमा २ प्रतिशत भन्दा बढी नहुनेगरी ब्याज लिन पाउनेछन् । यस्तो कर्जामा बैंक तथा वित्तीय संस्थाले यो ब्याज बाहेक अन्य कुनै प्रकारको थप सेवा शुल्क लिन पाउने छैनन् ।

बैंक तथा वित्तीय संस्थाले भूकम्पपीडितका निजी आवास निर्माण कर्जा सामूहिक वा धितो जमानीमा प्रवाह गर्नेछन् । प्राधिकरणका प्रवक्ता पीताम्बर घिमिरेले आर्थिक अभावका कारण घर निर्माण सुरु गर्न नसकेका खासगरी निम्न मध्यम वर्गका लाभग्राहीका लागि सहुलियतपूर्ण कर्जा उपयोगी हुने बताए । दसैंतिहारपछि निजी आवास निर्माणको मौसम सुरु हुन्छ । यो कर्जाले आर्थिक अभावका कारण घर निर्माण अघि बढाउन नसकेका लाभग्राहीलाई राहत दिने घिमिरे बताउँछन् । तर यस्तो ऋण लिन कार्यविधिले केही सर्त राखेको छ ।

कर्जा प्राप्त गर्न लाभग्राहीले निजी आवास अनुदानबाहेक अन्य संस्थागत अनुदान नलिएको हुनुपर्छ । त्यसैगरी, आर्थिक अभावका कारण सम्बन्धित लाभग्राहीले हालसम्म निर्माण कार्य सुरु गर्न नसकेको भूकम्पपीडित मात्र यसका लागि योग्य हुन्छन् । ऋणी वा निजको परिवारको नाममा कुनै पनि स्थानमा बस्नयोग्य घर भएको पनि हुन नहुने व्यवस्था कार्यविधिमा रहेको छ ।
रासस

Logo