डोटी
प्रदेश नम्बर ७ को नाम र राजधानी सिफारिस गर्न गठित प्रदेश संसदीय विशेष समितिले बुझाएको प्रतिवेदनविरुद्ध डोटीमा आन्दोलन सुरु भएको छ । "/>

प्रदेश राजधानी माग्दै डोटीमा फेरि आन्दोलन : प्रदेश नं ७

प्रदेश राजधानी माग्दै डोटीमा फेरि आन्दोलन : प्रदेश नं ७


डोटी
प्रदेश नम्बर ७ को नाम र राजधानी सिफारिस गर्न गठित प्रदेश संसदीय विशेष समितिले बुझाएको प्रतिवेदनविरुद्ध डोटीमा आन्दोलन सुरु भएको छ । बुधवार डोटीको सिलगढीमा बसेको सर्वपक्षीय बैठकले आन्दोलनका कार्यक्रम तय गरेको हो ।

आन्दोलनको तालिका अनुसार बुधवार साँझ दिपायल सिलगढी नगरपालिकाका प्रत्येक घरमा कालो झण्डा राख्ने तय भएको थियो । यस्तै डोटीको दिपायलमा समितिले दिएको प्रतिवेदन जलाउने कार्यक्रम तय भएको छ ।

आन्दोलन अन्तरगत बिहिवार बिहान ११ गते जुलुश प्रदर्शन गरी जिल्ला प्रशासन कार्यालयमा धर्ना र कोण सभा गर्ने, साँझ दिपायलमा विरोध प्रदर्शनसहित कोण सभा र साँझ मसाल जुलुश प्रदर्शन गर्ने कार्यक्रम तय भएको छ ।

यस्तै १२ गतेदेखि अनिश्चितकालीन डोटी बन्द गर्ने निर्णय वैठकले गरेको छ । सर्वपक्षीय बैठकमा राजनीतिक दलका प्रतिनिधिहरु, स्थानीयतहका जनप्रतिनिधिहरु, नागरिक समाजका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

प्रदेशको नामाकरण र राजधानीबारे सुझाव दिन साउन १५ गतेको प्रदेश सभा बैठकले प्रदेश सभा सदस्य तारालामा तामाङको संयोजकत्वमा पाँच सदस्यीय संसदीय बिशेष समिति गठन गरेको थियो ।
अन्नपूर्णबाट

Logo