वीरगन्ज

आफ्नै घरमा बन्दै गरेको शौचालयमा ठोकेको सेन्ट्रिङ्गको काठ निकाल्न शौचालय भित्र पसेका हजुरबुबा र नातीको मृत्यु भएको छ । "/>

आफ्नै घरको शौचालय भित्र थुनिएर हजुरबुबा – नातीको रहस्यमय मृत्यु

आफ्नै घरको शौचालय भित्र थुनिएर हजुरबुबा – नातीको रहस्यमय मृत्यु


वीरगन्ज

आफ्नै घरमा बन्दै गरेको शौचालयमा ठोकेको सेन्ट्रिङ्गको काठ निकाल्न शौचालय भित्र पसेका हजुरबुबा र नातीको मृत्यु भएको छ ।

पर्साको छिपहरमाई गाउँपालिका वडा नम्बर ५ भिस्वामा नयाँ निर्माण हुँदै गरेको घरको शौचालय भित्र ठोकेको सेन्ट्रिङ्गको काठ निकाल्न भित्र पसेका ११ बर्षीय नाती र ६० बर्षीय हजुरबाबुको मृत्यु भएको हो ।

मृत्यु हुनेमा ६० बर्षीय पल्टन साह र ११ बर्षीय गौतम साह रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । ‘उनीहरु हजुरबुबा नाती रहेछन् ’पर्साका प्रहरी नायव उपरिक्षक एवं प्रवक्ता सत्यनारायण थापाले बताए । मृतक दुवै जनाको वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा पोष्टमार्टम पछि आफन्तको जिम्मा लगाइएको छ उनले भने ।

पूरा निर्माण भइनसकेको नयाँ घरको शौचालयमा भित्र पट्टिबाट ठोकेको सेन्ट्रिङ्गको काठ निकाल्न मंगलबार ढक्कन खोलेर भित्र पसेका हजुरबुबा पल्टन र उनका नाती गौतम धेरैबेर बाहिर नआएपछि आफन्तले निगरानी राख्दा अचेत देखेपछि बाहिर निकाल्दा दुवैको मृत्यु भइसकेको स्थानीय भिस्वा प्रहरी चौकीका इन्चार्ज प्रहरी नायव निरिक्षक गोकुल बलायरले भने ।अक्सिजनको कमीले नै उनीहरुको मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ ।
राजधानीबाट

Logo