काठमाडौं । नेपाल टेलिभिजनका पूर्व अध्यक्ष महेश दाहाल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । पार्टी कार्यालय धुम्बाराहीमा आयोजित एक कार्यक्रमबीच अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दाहाललाई पार्टीमा प्रवेश गराएका हुन् । "/>

नेपाल टेलिभिजनका पूर्व अध्यक्ष महेश दाहाल नेकपामा प्रवेश

नेपाल टेलिभिजनका पूर्व अध्यक्ष महेश दाहाल नेकपामा प्रवेश


काठमाडौं । नेपाल टेलिभिजनका पूर्व अध्यक्ष महेश दाहाल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । पार्टी कार्यालय धुम्बाराहीमा आयोजित एक कार्यक्रमबीच अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दाहाललाई पार्टीमा प्रवेश गराएका हुन् ।

उनलाई नेकपा महासचिव विष्णु पौडेल लगायतले स्वागत गरेका थिए । टेलिभिजनको सञ्चालक समिति अध्यक्षबाट केही महिनाअघि राजीनामा दिएका दाहाल कांग्रेसको कोटाबाट सञ्चालक समिति अध्यक्ष भएका थिए ।

तत्कालीन सञ्चारमन्त्री मीनेन्द्र रिजालले दाहाललाई अध्यक्षमा नियुक्त गरेका थिए। दाहाललाई पछि माओवादी केन्द्रबाट मन्त्री बनेका राम कार्कीले कार्यकाल थप गरिदिएका थिए। कार्कीले माओवादी कोटाबाट सचिन रोकालाई महाप्रबन्धकमा नियुक्ति दिँदै दाहालको कार्यकाल थप गरेका थिए।

 

Logo