गोरखा

अब २५ वर्ष उमेर ननाघेका मगर युवालाई मदिरा पिउन प्रतिबन्ध लगाइएको छ । नेपाल मगर संघले जिल्ला÷जिल्लामा रहेका समितिलाई उक्त अभियानलाई सफल बनाउन अनुरोध समेत गरेको छ । "/>

गोरखामा २५ वर्ष नपुगेकालाई मदिरा पिउन प्रतिबन्ध !

गोरखामा २५ वर्ष नपुगेकालाई मदिरा पिउन प्रतिबन्ध !


गोरखा

अब २५ वर्ष उमेर ननाघेका मगर युवालाई मदिरा पिउन प्रतिबन्ध लगाइएको छ । नेपाल मगर संघले जिल्ला÷जिल्लामा रहेका समितिलाई उक्त अभियानलाई सफल बनाउन अनुरोध समेत गरेको छ ।

युवा जनशक्ति रक्सी र चुरोट लगायतका कुलतमा लाग्ने क्रम धेरै देखिएकाले भोलि देशमा नेतृत्व गर्ने जनशक्ति अभाव हुन सक्ने भन्दै गोरखामा भएको नवौं केन्द्रीय समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

‘सिक्ने, शिक्षा लिने, युवाको जोस जाँगरको उमेरमा अहिले युवाले चुरोट, रक्सी खाएर बिताउने क्रम बढेको छ, यसलाई निरुत्साहित गर्नुपर्ने निष्कर्ष सहित मगर संघको नवौं बैठकले २५ वर्ष भित्रका मगर युवालाई मदिरा बन्देज लगाएको हो’, बैठकको निर्णय सुनाउँदै सदरमुकाममा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नवीन रोका मगरले भने, ‘जातले पाएको भनेर सानै देखि रक्सी खानुपर्ने, खुवाउने चलन छ, यसलाई पनि हामी निरुत्साहित गर्ने अभियान चलाउँछौं ।’ अन्य समुदायका युवालाई पनि कुलतमा नलाग्न प्रेरित गराउने उनले बताए ।

गोरखा नगरपालिका ५ पस्लाङ होमस्टे र मगर संघ गोरखाको सभाहलमा शुक्रबार देखि दुई दिनसम्म केन्द्रीय समितिको बैठक चलेको थियो । बैठकले तीन महिने संगठन सुदृढीकरण अभियान चलाउने, गण्डकी प्रदेशको नाम तमुवान–मगरात गण्डकी राख्न दबाब दिने निर्णय गरेको छ ।

प्रदेशको नाम गण्डकी राखेको प्रति आपत्ति जनाउँदै उक्त विषयमा मगर संघ आन्दोलित हुने उनले चेतावनी समेत दिए । पृथ्वीनारायण शाहको इतिहास देखि मगरात राज्य रहेको यस ठाउँलाई मगरात राज्यको रूपमा नामकरण गर्नुपर्नेमा अध्यक्ष मगरको जोड थियो ।
नागरिकबाट

Logo