काठमाडौ । नेपाल तरुण दलका महासचिव भूपेन्द्रजं शाहीको परदेशी बोलको गीत सार्वजनिक भएको छ । राजधानीको लाजिम्पाट स्थित सम्पदा गार्डेन होटेलमा एक कार्यक्रमकाबीच उक्त गीत बिमोचन गरिएको हो । "/>

तरुण दलका महासचिव शाहीको परदेशी सार्वजनिक (भिडियोसहित)

तरुण दलका महासचिव शाहीको परदेशी सार्वजनिक (भिडियोसहित)


काठमाडौ । नेपाल तरुण दलका महासचिव भूपेन्द्रजं शाहीको परदेशी बोलको गीत सार्वजनिक भएको छ । राजधानीको लाजिम्पाट स्थित सम्पदा गार्डेन होटेलमा एक कार्यक्रमकाबीच उक्त गीत बिमोचन गरिएको हो ।

कांग्रेसका प्रभावशाली नेता समेत रहेका महासचिव शाहीले अहिलेसम्म करिब एक दर्जन पुस्तक लेखी सकेका छन । उक्त गीतमा टीका प्रसाईको स्वर रहेको छ । गीतकार संघका अध्यक्ष चुडामणि देवकोटाको प्रमुख आथित्यतामा सम्पन्न गीत बिमोचन कार्यक्रममा संगीतकार तथा रोयल्टी समाजका महासचिव महेश खड्काले शुभकामना व्यक्ति गर्दै सरकारसँग गरिएको सम्झौतालाई अक्षरस पालना गर्नुको कुनै विकल्प नभएको दावी गरे ।

गीतकार भूपेन्द्रजंग शाहीले राजनीति र साहित्यलाई एकसाथ अघि बढाउने बताए । महासचिव शाहीले संगीतका महेश खड्काले उठाएका मागहरूका बारेमा आफुहरु निरन्तर साथ दिनेमा जोड दिए ।

उनले भने, ”म राजनीति मात्रै सिमित हुन सक्दिन, यो गीत १० वर्षपछि रेकर्ड अनि दृश्यमा देखाउन सकेका हौ, जुन काममा संगीतकार, निर्देशन, अभिनय गर्ने कलाकार सबैको देन छ, सुरुमा म सब राजनीति हो सोच्थे तर यो गीतको भिडियो छायांकनमा जीवनमा पहिलो पटक आफै उपस्थिति हुँदा नयाँ अनुभव गरे, तयार पारिएको गीत हेर्दा यो सामान्य हो जस्तो लाग्थ्यो तर एउटा गीत तयार पार्न ठूलो भुमिका रहने रहेछ ।

महासचिव शाही १० वर्ष पहिले लेखेको परदेशी बोलको गीतमा रोजगारको खोजीमा विदेश गएका नेपालीहरूको पीडा बेदना, घरपरिवारको परिस्थिति, दुख बेदना समावेश गरिएको छ ।

Logo