नेपालमा हुने बलात्कारको घटनामा ९० प्रतिशत आफ्नै चिनजानकाबाट हुने गरेको छ । आफ्नो नजिकको वा चिनेजानेको मान्छेबाट बलात्कार घटना भईरहेको छ । "/>

छोरीबाट मात्रै किन हुन्छ घरको इज्जत ?

छोरीबाट मात्रै किन हुन्छ घरको इज्जत ?


नेपालमा हुने बलात्कारको घटनामा ९० प्रतिशत आफ्नै चिनजानकाबाट हुने गरेको छ । आफ्नो नजिकको वा चिनेजानेको मान्छेबाट बलात्कार घटना भईरहेको छ । अझ भारतमा यो संख्या बढी छ । झण्डै ९५ प्रतिशत बलात्कारका घटनामा आफ्नै नातेदार वा चिनेजानेको नै हुन्छ । त्यसैले पनि बच्चाहरु आफ्ना आमाबुबालाई यस्ता घटना लुकाउने गर्छन् ।

 

यस्तो अवस्थामा आमाबुबालाई अपराधीको भागिदार मान्ने कि नमान्ने त ? भारतको पटनामा ५ कक्षामा पढ्दै गरेकी एक बालिकामाथि उक्त स्कूलका प्रिन्सिपलले बलात्कार गरे । यो कुरा त्यहि बेला सार्वजनिक भयो जुन बेला आफन्तहरु र घरकाले बालिका गर्भवती भएको थाहा पाए । पेट दुख्न थालेको कुरा थाहा पाएपछि उनका आमाबाबुले उनलाई अस्पताल पुर्याए । डाक्टरले चेकअप गर्दा उक्त तथ्य फेला परेसँगै बालिकाले प्रिन्सिपल बाहेक स्कूलका अर्का व्यक्तिले पनि एक महिना देखि बालिकासँग शोषण गरिरहेको बताइन् ।

 

यो भन्दा पहिला देहरादुनमा यस्तै घटना भएको थियो । बोर्डिङ्ग स्कुलमा पढ्ने एक बालिकालाई सोही स्कुलमा पढ्ने एक सिनियरले बलात्कार गरेका थिए । बालिकाले डरका कारण लगभग एक महिना सम्म केहि बोलिनन् । गर्भवती भएको थाहा पाएपछि उनले पहिलो पटक आफुँ बलात्कार भएको कुरा आफ्नो बहिनीलाई बताएकी थिइन् ।
त्यस्तै नेपालमा पनि अधिकांश बलात्कारजन्य घटनामा आफ्नाकै हात रहेको देखिन्छ । त्यसमा पनि आफुलाई जन्मदिने बाबुबाटै बलात्कृत भईरहेको घटना पनि बेला बेला सार्वजनिक भईरहेका छन् ।

 

परिवारको जिम्मेवारी
यस किसिमका मामलाहरु जब बाहिर आउँछन् तब पहिला प्रतिक्रिया न्यायको हुन्छ । बलात्कारीलाई फाँसीको माग गरिन्छ । प्रहरी र अदालत के गर्छ यसमा नै सबैको ध्यान जान्छ । समस्याको समाधान तिर भने कमैको ध्यान जान्छ । एक बालिकालाई आफ्ना आमाबाबासँग म फलानोबाट बलात्कृत भए भन्न पनि एक महिना लाग्छ ।

यदि गर्भवती नहुने हो भने सायद ति महिलाले जीवनभर त्यो कुरा भन्दैन होला । तर किन ? आफ्ना बच्चालाई राम्रो जीवन दिन, सुख दुखमा साथ दिन आमा बाबुकै आवश्यकता पर्छ । जब लडेर हातखुट्टामा चोट लाग्दा बालबालिकाहरु घर आएर आफ्ना बाबा आमालाई भनिहाल्छन् । तर शरीरमा यत्रो ठूलो चोट लाग्दा किन भन्न सक्दैनन् छोराछारीहरु ? आमाबुबाहरु किन आफ्ना छोराछारीलाई भरोसा दिन सकेका छैनन् ?

 

भारतमा बालबालिकाहरुलाई यो सिकाइन्छ कि उनीहरुले गल्ती गरे भने कतै उसले नजानेर त होइन ? यसै कारण पनि बालिका वा युवती खुलेर बोल्न डराउँछन् । उनीहरुलाई यो डर हुन्छ कि उनीहरुलाई घरबाट पनि अपमानित हुनुपर्नेछ । यो बाहेक हाम्रो समाजमा घरको इज्जत युवतीसँग जोडिएको हुन्छ । युवतीले कस्तो व्यवहार गर्छ त्यसले नै घर परिवारको इज्जत र बद्नामको रहस्य रहन्छ । आफ्नो खुट्टामा कसरी उभिन सकिन्छ त्यहि कुरालाई मात्र प्राथमिकता दिने गरिन्छ ।

 

सरकारको विफलता
भारतमा प्रत्येक दिन औषतमा १ सय ६ जना बलात्कृत हुन्छन् । नेपालमा पनि प्रत्येक दिन ४ जना बलात्कृत भईरहेको नेपाल प्रहरीको तथ्यांकले देखाएको छ । ति मध्ये ९० प्रतिशत घटनाहरु आफन्तहरुबाटै हुने गरेका छन् । भारतमा भने ९५ प्रतिशत घटना आफन्तबाटै हुनेगरेका छन् । आफ्नो इज्जतका लागि पीडितहरु यस्ता घटना लुकाउने गर्छन् । परिवारका साथसाथै यस्ता घटनामा सरकारको पनि जिम्मेवारी रहन्छ । सजायले मात्र यसको निवारण हुन सक्दैन ।

सजायसँगै यसको उचित न्याय होइन तर पीडितहरुले यस्ता कुराहरु सहजरुपमा भन्न सक्ने हेल्पलाइन भने बनाउन धेरै आवश्यक देखिन्छ । शारीरिक यातना मात्र होइन मानसिक यातनाहरु पनि हुने गरेको पाइन्छ यस्ता किसिमका यातनाहरुलाई सहजरुपमा खुलेर भन्न सक्ने हेलपलाइन स्थापना भए मात्र सुरक्षित र सुरक्षा दिन सकिन्छ ।

Logo