काठमाडौं


करिव २ महिना अघि बलात्कार गरि हत्या गरिएकी कञ्चनपूरकी निर्मला पन्तको न्यायका लागि आज राजधानीको वसन्तपुरमा सडक कविता महोत्सव हुने भएको छ । "/>

निर्मला पन्तको न्यायका लागि आज राजधानीको वसन्तपुरमा सडक कविता महोत्सव हुने

निर्मला पन्तको न्यायका लागि आज राजधानीको वसन्तपुरमा सडक कविता महोत्सव हुने


काठमाडौं

करिव २ महिना अघि बलात्कार गरि हत्या गरिएकी कञ्चनपूरकी निर्मला पन्तको न्यायका लागि आज राजधानीको वसन्तपुरमा सडक कविता महोत्सव हुने भएको छ ।

कार्यक्रममा कविहरु श्रवण मुकारुङ, धिरेन्द्र प्रेमर्शी, विमला तुम्खेवा, नवराज पराजुली, सकुन्तला जोशी, मल्लिका खतिवडा, सौरभ कार्की, रिमा केसी, साम्राज्ञी आचार्य, महेश पौडेल, बाबु त्रिपाठी, लक्ष्मी रुम्बा, बिना थिङ तामाङ लगायतका कवि तथा कलाकारहरुले कविता सुनाउने बताइएको छ । साँझ ५ बजे कार्यक्रम हुने तय गरिएको छ ।

निर्मलाको हत्यारा पत्ता लगाउन सरकारलाई चौतर्फी दबाब आइरहेपनि हाल सम्म हत्यारा पत्ता लगाउन सरकार असफल भएपछि विभिन्न नागरिक समुहले दबाबमुलक कार्यक्रमहरु गरिरहेका छन् । यसकै निरन्तरता स्वरुप आज सडक कविताको आयोजना गरिएको बताइएको छ ।

 

Logo