एजेन्सी । भारतमा चार वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक शिक्षकलाई मृत्युदण्डको सजाय सुनाईएको छ । मध्यप्रदेशको सतना जिल्लाको एक अदालतले ४ वर्षीया बालिका बलात्कार गरेको आरोपमा २३ वर्षे सरकारी अतिथी शिक्षक महेन्द्र सिंह गोन्डलाई मृत्युदण्डको सजायँ सुनाएको हो । "/>

४ वर्षीया बालिका बलात्कार गर्ने सरकारी शिक्षकलाई मृत्युदण्ड

४ वर्षीया बालिका बलात्कार गर्ने सरकारी शिक्षकलाई मृत्युदण्ड


एजेन्सी । भारतमा चार वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक शिक्षकलाई मृत्युदण्डको सजाय सुनाईएको छ । मध्यप्रदेशको सतना जिल्लाको एक अदालतले ४ वर्षीया बालिका बलात्कार गरेको आरोपमा २३ वर्षे सरकारी अतिथी शिक्षक महेन्द्र सिंह गोन्डलाई मृत्युदण्डको सजायँ सुनाएको हो ।

घटना भएको ८१ औं दिनमा यो निर्णय सुनाइएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । पछिल्लो ७९ दिनदेखि बालिका दिल्लीको एम्स अस्पतालमा भर्ना छिन् । उनको स्थिती अहिलेसम्म चिन्ताजनक नै छ ।

जिल्ला न्यायाधिसले दिनेश कुमार शर्माले चार वर्षीया बालिकाको अपहरण गरेर बलात्कार गरेको मामलामा गोन्डलाई दोषी ठहर गर्दै उसलाई मृत्युदण्डको सजायँ सुनाएका हुन् ।

दिल्लीमा रहेका पीडित बालिका र उनका परिवारको बयान भिडियो कन्फरेन्समार्फत लिएपछि गोन्डलाई मृत्युदण्डको सजायँ सुनाइएको जिल्ला अभियोजन अधिकारी रामपाल सिंहले जानकारी दिए ।

पिडित परिवारसँग एकदमै नजिक रहेका गोन्ड जुलाई १ तारिखमा पीडित बालिकाका बुवालाई भेट्न रक्सीले मात्तिएको अवस्थामा उनको घर गए । उनले त्यहाँ ती बालिकालाई घर बाहिरको कटमा सुतिरहेको देखे । बालिकाका बुवालाई भेटेपछि उनी त्यहाँबाट फर्किए । त्यसको केही समयपछि गोन्ड पुनः फर्किए र बालिकालाई कटमा एक्लै सुतिरहेको पाए । उनका बुवा त्यतिबेला शौचालय गएका थिए ।

मौकाको फाइदा उठाउँदै गोन्डले बालिकालाई उनको घरबाट लिएर गए र बलात्कार गरे । त्यसपछि झाडीमा फ्याँकिदिए । जब बालिकाका बुवा फर्किए र छोरीलाई देखेनन् तब उनी हल्लाखल्ला गर्न थाले । विभिन्न स्थानमा खोजी गरेपछि बालिकालाई झाडीमा फ्याँकिएको पाएका थिए ।

Skip This
Logo