अरिंगलको गोलो काण्डपछि ओलीको पहिलो भाषण (भिडियोमा)

अरिंगलको गोलो काण्डपछि ओलीको पहिलो भाषण (भिडियोमा)


प्रधानमन्त्री केपी ओलीले सुशासन र आर्थिक विकास नै सरकारको मूल लक्ष्य रहेको बताउनु भएको छ । प्रधानमन्त्री ओलीले मुलुकलाई सुशासन र आर्थिक विकासको बाटोमा अघि बढाउने गरी शैक्षिक नीति तथा कार्यक्रम तय गर्न पनि सम्बन्धित निकायलाई निर्देशन दिनु भयो ।

मंगलबार त्रिभुवन विश्वविद्यालय सभाको साधारण सभालाई सम्बोधन गर्दै उहाँले मुलुकलाई समृद्ध बनाउन आवश्यक शिक्षित, सक्षम र दक्ष जनशक्ति बनाउने गरी शैक्षिक नीति तथा कार्यक्रम बनाउनुपर्ने आवश्यक्ता पनि औंल्याउनु भयो । त्रिभुवन विश्वविद्यालयका कूलपति समेत रहनु भएका प्रधानमन्त्री ओलीले मानव उचित सभ्य र सुसंस्कृत समाज निर्माण हुने गरी राज्यले शैक्षिक नीति लिनुपर्ने पनि स्पष्ट पार्नु भयो । उहाँले मुलुकलाई सुशासन र आर्थिक उन्नतिको बाटोमा अघि बढाउनुको विकल्प नरहेको उल्लेख गर्दै सबै क्षेत्रलाई सो लक्ष्य हासिल हुनेगरी अघि बढन पनि आह्वान गर्नु भयो । हेनुृहोस् भिडियो

Logo