काठमाडौं

व्यवसायीले यो वर्ष नयाँ यात्रु बस नथप्ने भएपछि यातायात व्यवस्था विभागले दसैं तिहारमा चल्ने यात्रुबस र अनुमानित यात्रुको विवरण संकलन सुरु गरेको छ । "/>

दसैँ–तिहारमा चल्ने गाडीको विवरण संकलन गरिँदै

दसैँ–तिहारमा चल्ने गाडीको विवरण संकलन गरिँदै


काठमाडौं

व्यवसायीले यो वर्ष नयाँ यात्रु बस नथप्ने भएपछि यातायात व्यवस्था विभागले दसैं तिहारमा चल्ने यात्रुबस र अनुमानित यात्रुको विवरण संकलन सुरु गरेको छ । त्यसका लागि यातायात व्यवसायी र ट्राफिक प्रहरीलाई विवरण उपलब्ध गराउन आग्रह गरेको विभागका सूचना अधिकारी गोकर्णप्रसाद उपाध्यायले जानकारी दिए ।

‘अहिले सञ्चालनमा रहेका गाडीले दसैँ तिहारमा यात्रु ओसार्न सम्भव छ/छैन, अनुमान गर्न र कति यात्रु हुन्छन् भन्ने यकिन गर्न विवरण संकलन सुरु गरेका छौँ,’ उनले भने । अहिले भइरहेकै गाडीबाट दसैँ तिहारमा घर जाने सबै यात्रुलाई सहज रूपमा सेवा दिन सम्भव नरहेको उनले स्वीकार गरे ।

हरेक वर्ष पाँच सय भन्दा बढी नयाँ बस थप्दै आएका यातायात व्यवसायीले यो वर्ष एउटा पनि नयाँ बस अर्डर गरेका छैनन् । ‘अहिले सम्म अर्डर नै नगरेकाले नयाँ गाडी आउन त सम्भव नै छैन,’ उनले भने, ‘अन्य विकल्प के हुन सक्छ भनेर पनि छलफल गर्दैछौँ ।’ अन्य विकल्पका रूपमा विद्यालयका बस सञ्चालन गर्ने, सुरक्षा निकाय र संस्थानका गाडी सञ्चालन गर्न आग्रह गर्ने लगायत भए पनि अहिलेसम्म त्यस्तो अभ्यास भएको छैन ।
नयाँ पत्रिकाबाट

Logo