भारतबाट फर्केको एक साता नबित्दै प्रचण्ड चीन प्रस्थान

भारतबाट फर्केको एक साता नबित्दै प्रचण्ड चीन प्रस्थान


नेकपा कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शनिबार चीन प्रस्थान गरेका छन् । भारत भ्रमणबाट फर्केको एक साता नबित्दै दाहाल चीन भ्रमणमा गएका हुन् ।

चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा चार दिने भ्रमणका लागि दाहाल शनिबार त्यसतर्फ प्रस्थान गरेका हुन् । उनले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा संचारकर्मीसँग दुई पार्टीबीचको सम्बन्ध सुदृढ गराउन भ्रमण गर्न लागेको जानकारी दिए । उनले दुई देशबीच भएको पछिल्ला सहमति र समझदारी प्रभावकारी कार्यान्वयन गराउन भ्रमण केन्द्रित हुने बताए ।

Logo