राष्ट्रिय लाखेनाच प्रतियोगिता हुने

राष्ट्रिय लाखेनाच प्रतियोगिता हुने


यही असोज ३ र ४ गते नारायणगढ बसपार्कमा छैठौँ राष्ट्रिय लाखेनाच प्रतियोगिता हुने भएको छ । लोक संस्कृति संरक्षण तथा राष्ट्रिय लाखेनाच प्रतिष्ठान नेपालको आयोजनामा प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा यस वर्ष ४० समूहले सहभागिता जनाउने भएका छन् । प्रतिष्ठानका अध्यक्ष निर्जललाल श्रेष्ठका अनुसार पूर्वको इलामदेखि सुदुरपश्चिमसम्मका समूहले सहभागिता जनाउने छन् । 

दुई दिनसम्म सञ्चालन हुने प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना पाउने चार समूहले क्रमशः रु ७५ हजार, रु ५० हजार, रु २५ हजार र रु १० हजार नगद पुरस्कार प्राप्त गर्ने निर्वतमान अध्यक्ष राजेन्द्रकुमार पियाले जानकारी दिए । प्रतियोगिता शुरु हुनु अगाडि असोज ३ गते बिहान नारायणगढमा शोभा यात्रा निकालिने छ ।

लोप हँुदै गएको संस्कृति जोगाउन र नयाँपुस्तालाई सभ्यताको जानकारी गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको लोक संस्कृति संरक्षण तथा राष्ट्रिय लाखेनाच प्रतिष्ठान नेपालले जनाएको छ ।

Skip This
Logo