काठमाडौँ

राष्ट्रिय पुनः निर्माण प्राधिकरण कार्यकारी समितिको बैठकले दुई हजार ३४५ गुनासोकर्तालाई पुनः निर्माण लाभग्राही सूचीमा समावेश गरेको छ । "/>

लाभग्राही सूचीमा दुई हजार ३४५ भूकम्पपीडित थपिए

लाभग्राही सूचीमा दुई हजार ३४५ भूकम्पपीडित थपिए


काठमाडौँ

राष्ट्रिय पुनः निर्माण प्राधिकरण कार्यकारी समितिको बैठकले दुई हजार ३४५ गुनासोकर्तालाई पुनः निर्माण लाभग्राही सूचीमा समावेश गरेको छ ।

प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीको अध्यक्षतामा शुक्रबार बसेको बैठकले भूकम्प अति प्रभावित १४ जिल्ला र प्रभावित १६ जिल्लाबाट ०७४ साल मङ्सिर मसान्तसम्म दर्ता भएका १३ हजार ३७९ गुनासो फछ्र्यौट गरेको हो ।

बैठकले नौ हजार ८३७ गुनासोकर्तालाई प्रबलीकरण लाभग्राहीमा सूचीकृत गर्ने निर्णय पनि गरेको छ । त्यसैगरी ८५९ गुनासोकर्तालाई सम्भावित लाभग्राही कायम गरेको छ । कार्यकारी समितिले १४ जिल्लाका अति प्रभावित सात हजार ८८४ गुनासोकर्तालाई गैरलाभग्राही कायम गरेको छ । प्रभावित १६ जिल्लाका तीन हजार ६१७ गुनासोकर्ताको स्थलगत प्रमाणीकरण गर्ने, २२० जनाको अर्को स्थानमा बस्न योग्य घर भए/नभएको स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतबाट प्रमाणित गराउने निर्णय पनि गरेको छ ।

पुनः निर्माण लाभग्राहीले आफ्नो घर बनाउन प्राधिकरणबाट तीन किस्तामा तीन लाख र प्रबलीकरण लाभग्राहीले दुई किस्तामा एक लाख अनुदान पाउँछन् ।
रासस

Logo