बलात्कार आरोपमा गोरखा र बैतडीमा २ जना पक्राउ

बलात्कार आरोपमा गोरखा र बैतडीमा २ जना पक्राउ


प्रहरीले गोरखामा अपाङ्ग युवतीलाई बलात्कार आरोपमा एक युवालाई पक्राउ गरेको छ । सिरान्चोक गाउँपालिका-८ जौबारीस्थित ब्याखर्ककी बोल्न नसक्ने, राम्रोसँग हिँड्डुल गर्न नसक्ने अपांग २४ वर्षीया युवतीलाई गत २६ गते बलात्कार गरेको आरोपमा सोही ठाउँका २१ वर्षका सन्तबहादुर परियार पक्राउ परेका हुन्।

परियारलाई अहिले जिल्ला प्रहरी कार्यालय गोरखामा राखी अनुसन्धान गरिरहेको छ ।

त्यस्तै १६ वर्षीय किशोरीलाई जबर्जस्ती बलात्कार गर्न खोजेको आरोपमा बैतडीमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा दशरथचन्द नगरपालिका –४, बस्ने २४ वर्षीय नन्दु जोशी रहेका छन् ।

बुधबार शाहिलेक बजारबाट घर फर्किँदै गर्दा दशरथचन्द नगरपालिका –४, कै बालिकालाई ठूलीखोला भन्ने ठाँउमा जोशीले जबर्जस्ती करणी गर्न खोजेको पिडित पक्षको भनाई छ ।

Logo