काठमाडौं

नेपाल टाटा ब्रान्डका कारहरुको लागि महत्वपूर्ण बजार मानिन्छ । "/>

नेपाली बजारमा टाटा मोटर्सका ९ महंङ्गा गाडीहरु यस्ता

नेपाली बजारमा टाटा मोटर्सका ९ महंङ्गा गाडीहरु यस्ता


काठमाडौं

नेपाल टाटा ब्रान्डका कारहरुको लागि महत्वपूर्ण बजार मानिन्छ । नेपालका शिर्ष तीन ब्रान्ड भित्रमा टाटाका सवारी पर्छन् । नेपालमा टाटा मोटर्सका कारको वितरण सिप्रदी ट्रेडिङले गर्ने गर्छ । टाटा मोटर्सले सिप्रदीसँगको साझेदारीमा १९८२ बाट नेपालमा कमर्सियल भेहिकल आयात सुरु गरेको थियो । आजपनि नेपालमा ग्राहकको रोजाईमा टाटाका गाडीहरु उत्तिकै पर्ने गर्छन । टाटाका गाडीहरु कस्ता कस्ता छन् त ? टाटाका महगां गाडी कुनकुन छन् र कति मुल्य रहेको छ ? यि हुन् टाटा मोटर्सका ९ महंङ्गा गाडीहरु :

१. टाटा हेक्जा

टाटा मोटर्सको सबैभन्दा महंगो मुल्यको गाडीमा पर्छ हेक्जा । २ हजार १ सय ७९ सिसि रहेको हेक्जाको नेपाली न्युनतम मुल्य ९१ लाख ५५ हजार रहेको छ ।

२. टाटा सफारी स्ट्रोम

टाटा मोटर्सको दोस्रो महंगो मुल्य गाडीको सुचीमा पर्छ सफारी स्ट्रोम । सफारी स्ट्रोमको नेपाली न्युनतम मुल्य ५७ लाख ९५ हजार रहेको छ भने यो गाडीको अधिक्तम मुल्य ७३ लाख ५५ हजार रहेको छ ।

३. टाटा सुमो गोल्ड टर्बो

टाटा मोटर्सको तेस्रो महंगो मुल्य गाडीको सुचीमा पर्छ टाटा सुमो । सुमो गोल्डको नेपाली न्युनतम मुल्य ३४ लाख ५५ हजार रहेको छ भने यसको अधिक्तम मूल्य ४९ लाख ५५ हजार रहेको छ ।

४. टाटा नेक्सन

टाटा मोटर्सको चौथो महंगो मुल्यगाडीको सुचीमा पर्छ टाटा नेक्सन । टाटा नेक्सनको नेपाली न्युनतम मुल्य ३४ लाख ९५ हजार रहेको छ भने यसको अधिक्तम मुल्य ४७ लाख ९५ हजार रहेको छ ।

५. टाटा जेस्ट

टाटा मोटर्सको पाँचौ महंगो मुल्य गाडीको सुचीमा टाटा जेस्ट रहेको छ । टाटा जेस्टको नेपाली न्युनतममुल्य ३२ लाख ५५ हजार रहेको छ भने यसको अधिक्तम मुल्य ३८ लाख ५५ हजार रहेको छ ।

६. टाटा बोल्ट

टाटा मोटर्सको छैठौ महंगो मूल्यगाडीको सुचीमा टाटा बोल्ट रहेको छ । टाटा बोल्टको नेपाली न्युनतम मुल्य ३२ लाख ९५ हजार रहेको छ भने यसको अधिक्तममुल्य ३५ लाख २५ हजार रहेको छ ।

७. टाटा टिगोर

टाटा मोटर्सको सातौ महंगो मुल्य गाडीको सुचीमा टाटा टिगोर रहेको छ । टाटा टिगोर रिभोट्रोनको नेपाली न्युनतम मुल्य २७ लाख २५ हजार रहेको छ भने यसको अधिक्तम मुल्य ३३ लाख ५५ हजार रहेको छ ।

८. टाटा टियागो

टाटा मोटर्सको आठौ महंगो मुल्य गाडीको सुचीमा टाटा टियागो रहेको छ । टाटा टियागो रिभोट्रोन को नेपाली न्युनतम मुल्य २४ लाख ९५ हजार रहेको छ भने यसको अधिक्तम मुल्य ३१ लाख ५५ हजार रहेको छ ।

९. टाटा इन्डिका

टाटा मोटर्सको नवौं महंगो मुल्य गाडीको सुचीमा टाटा इन्डिका रहेको छ । टाटा इन्डिकाको नेपाली न्युनतम मुल्य २० लाख ९५ हजार रहेको छ भने यसको अधिक्तममुल्य २३ लाख ९५ हजार रहेको छ ।

 

 

Logo