काठमाडौँ

संसदीय सुनुवाइ समितिबाट प्रधानन्यायाधीशमा अस्वीकृत सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश दीपकराज जोशी नियमित काममा फर्किने भएका छन् । "/>

वरिष्ठ न्यायाधीश जोशी सर्वोच्च फर्कने

वरिष्ठ न्यायाधीश जोशी सर्वोच्च फर्कने


काठमाडौँ

संसदीय सुनुवाइ समितिबाट प्रधानन्यायाधीशमा अस्वीकृत सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश दीपकराज जोशी नियमित काममा फर्किने भएका छन् । नवनियुक्त प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको स्वागतका लागि सोमबार सर्वोच्च अदालत पुगेका जोशीले भने, ‘सर्वोच्च त आजै (सोमबार) बाटै आएँ, भोलि (मंगलबार) देखि नियमित काममा फर्कनेछु ।’

शैक्षिक प्रमाणपत्र विवादका कारण प्रधानन्यायाधीश हुनबाट रोकिएपछि जोशी घर बिदामा बसेका थिए । जोशीले आफूले प्रधानन्यायाधीश नभएर कार्यवाहक प्रधानन्यायाधीशको जिम्मेवारी मात्र सम्हालेको बताए । ‘म प्रधानन्यायाधीशको कुर्सीमा बसेको त होइन नि’, उनले भने, , ‘नवनियुक्त प्रधानन्यायाधीशलाई सर्वोच्चमा मैले नै स्वागत गरेर कुसीमा राखि दिएको हुँ ।’

जोशीले मिश्र र आफू सहकर्मी भएकाले कार्यसम्पादमा कुनै समस्या नपर्ने बताए । घरबिदामा रहेका जोशी प्रधानन्यायाधीश मिश्रलाई स्वागत गर्न सोमबार साँझ अदालत पुगेका थिए । मिश्रलाई अंकमाल गर्दै प्रधानन्यायाधीशको कुर्सीमा बसाएर उनी फर्केका थिए ।
नागरिकबाट

Logo