चितवन

नारायणगढ–मुग्लिङ सडकखण्ड गए राती देखि अवरुद्ध भएको छ । सो सडकखण्डको तीन ठाउँमा पहिरो खसेपछि यातायात सेवा अवरुद्ध भएको हो । "/>

नारायणगढ–मुग्लिङ सडकखण्ड गए राती देखि अवरुद्ध

नारायणगढ–मुग्लिङ सडकखण्ड गए राती देखि अवरुद्ध


चितवन

नारायणगढ–मुग्लिङ सडकखण्ड गए राती देखि अवरुद्ध भएको छ । सो सडकखण्डको तीन ठाउँमा पहिरो खसेपछि यातायात सेवा अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार इच्छाकामना गाउँपालिका–६ को कालीखोला, जलवीरे र चारकिलोमा पहिरो खसेको छ । पानी परिरहेकाले पहिरो पन्छाउन नसकिएको प्रहरीले जनाएको छ । सोही सडकखण्डको जलवीरेमा सोमबार साँझ पहिरो खसेपछि पन्छाएर राति यातायात सेवा सञ्चालन गरिएको थियो । सडक अवरुद्धसँगै गन्तव्यमा पुग्न नसकेपछि यात्रुहरु अलपत्र परेका छन् । सडक खुलाउन कति समय लाग्ने भन्ने बारेमा प्रहरीले केहि बताएको छैन ।
रासस

Logo