यौनजन्य अपराधका घटना नियन्त्रण तथा न्यूनीकरणका लागि ‘स्कुल स्कुलमा प्रहरी’ कार्यक्रम आजदेखि शुरु भएको छ । अपराध न्यूनीकरण गर्न चेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता महसुस गरी प्रदेश नं ३ प्रहरी कार्यालयको आयोजनामा प्रदेशका सम्पूर्ण मातहत जिल्लामा आजदेखि ‘स्कुल स्कुलमा प्रहरी’ कार्यक्रम सञ्चालन गरिएको हो । "/>

बालबालिकालाई सुरक्षित राख्नका लागि स्कुल स्कुलमा प्रहरी

बालबालिकालाई सुरक्षित राख्नका लागि स्कुल स्कुलमा प्रहरी


यौनजन्य अपराधका घटना नियन्त्रण तथा न्यूनीकरणका लागि ‘स्कुल स्कुलमा प्रहरी’ कार्यक्रम आजदेखि शुरु भएको छ । अपराध न्यूनीकरण गर्न चेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता महसुस गरी प्रदेश नं ३ प्रहरी कार्यालयको आयोजनामा प्रदेशका सम्पूर्ण मातहत जिल्लामा आजदेखि ‘स्कुल स्कुलमा प्रहरी’ कार्यक्रम सञ्चालन गरिएको हो ।

बालबालिकालाई सुरक्षित राख्नका लागि स्कुल स्कुलमा प्रहरी कार्यक्रम मार्फत प्रहरी कार्यालय मातहतका सम्पूर्ण सरकारी तथा निजी स्कुलमा कक्षा १ देखी कक्षा १२ सम्मका विद्यार्थीलाई जानकारी गराउने लक्ष्य रहेको प्रदेश नं ३ प्रहरी कार्यालयका प्रहरी निरीक्षक रोशन थापाले जानकारी दिए ।

उक्त कार्यालयले आफ्ना मातहतका १० वटै जिल्लालाई आ–आफ्नो इलाकामा रहेका विद्यालयमा स्थानीय तहलगायत अन्य सामाजिक सङ्घसंस्थाको समन्वयमा यौनजन्य अपराधका घटना नियन्त्रण र न्यूनीकरणका लागि सम्पूर्ण शिक्षण संस्थामा ‘स्कुल स्कुलमा प्रहरी कार्यक्रम’ सञ्चालन गर्न निर्देशन दिएको छ । रासस

Skip This
Logo