गोरखा
उत्तरी गोरखाको सिर्दिबासमा १० किलो अवैध सुन सहित दुई जना पक्राउ परेका छन् । चुमनुव्री गाउँपालिका–३ स्थित सिर्दिबासमा चेकजाँचका क्रममा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक बिमल बस्नेतले जानकारी दिए । "/>

गोरखामा दश किलो अवैध सुन सहित दुई जना पक्राउ

गोरखामा दश किलो अवैध सुन सहित दुई जना पक्राउ


गोरखा
उत्तरी गोरखाको सिर्दिबासमा १० किलो अवैध सुन सहित दुई जना पक्राउ परेका छन् । चुमनुव्री गाउँपालिका–३ स्थित सिर्दिबासमा चेकजाँचका क्रममा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक बिमल बस्नेतले जानकारी दिए ।

पक्राउ पर्नेमा चुमनुव्री गाउँपालिका–७ छेकम्पारका घर भएका मुटुक लामा र लोप्सान तेन्जे लामा रहेको प्रहरी उपरीक्षक बस्नेतले जानकारी दिए । “चेकजाँचका क्रममा प्रहरीको टोलीले खानतलासी गर्दा उनीहरुको साथबाट अवैध सुन बरामद गरेको हो”, प्रहरी उपरीक्षक बस्नेतले भने ।

यसअघि गोरखाको उत्तरी क्षेत्र हुँदै नेपालमा सुनको तस्करी भइरहेको आङ्शकामा प्रहरीले गहिरो अनुसन्धान गर्दै आएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक बस्नेतले जानकारी दिए ।
रासस

Logo