काठमाडौं

सन् १९७९ मा भुटानमा जन्मीएका नेपाली भाषी भुटानी गीतकार टिकु क्षेत्री हाल अमेरिका आइवाराज्यको डिमोइन शहरमा छन् । "/>

परदेशमा पनि नेपाली गित संगीतकै माया

परदेशमा पनि नेपाली गित संगीतकै माया


काठमाडौं

सन् १९७९ मा भुटानमा जन्मीएका नेपाली भाषी भुटानी गीतकार टिकु क्षेत्री हाल अमेरिका आइवाराज्यको डिमोइन शहरमा छन् । नेपाली गित संगीत क्षेत्रमा गीतकारका नामले परिचित गीतकार क्षेत्री डिमोइन शहरमा हुने हरेक कार्यक्रम सफल बनाउन सधै अग्रपंक्तिमा रहेर काम गर्छन् ।

समाजसेवामा पनि उनी उतिकै खटिन्छन् । उनको बिगत हेर्ने हो भने जीवनको कहानी कुनै चलचित्रको कहानी भन्दा कम छैन । बाल्यकालमा भुटान सरकारले रातारात करिब १ लाख नेपाली भाषीलार्इ देश निकाला गर्यो । त्यसपछि आफ्ना भए भरको घर सम्पति त्यतिकै छोडी आफ्नो ज्यान बचाएर परिवार सहित सन् १९९१ मा उनी नेपाल आए । नेपाल बसाईको अधिकांश समय शरणार्थी क्याम झापाको बेलडाँगी २, शिबिरमा बिताए ।

शरणार्थी क्यापको बसाईको सम्झना गर्दै उनी भन्छन् , नेपालीमा एउटा उखान छ , कुरुप भए पनि आफ्नी आमा सधैं सुन्दर हुन्छिन् । यस्तै हामीले नचाहँदा नचहँदै पनि आफ्नो जन्मभूमि छोड्नु परेको थियो । तर अझै ती यादहरु चलचित्रको दृष्य झैं हाम्रा चक्षु भरी सलबलाई रहन्छन् । धेरै वर्ष सानासाना टहरा र झुप्रामा बसेर जिवन बिताउनु परेको अवस्था हामी कसैले पनि भुलेका छैनौं । त्यही जीवन भोगाई, कस्टकर समय, अनि ती अभावको विछोड आज यो जीवन जिउँदै छौं । जीवन जसरी जिए पनि चल्दो रैछ, दिनमा दुर्इ पल्ट चुल्हो बल्दो रैछ । जहाँ रहे पनि आफ्नो पुर्ख़ाको खुन र पसिनाले सिंचाएको त्यो माटो अनि आफ्नो देश कहाँ भुल्न सकिंदो रहेछ र ?

उनले सार्वजनिक गरेको एल्बम समृद्धीमा ५ वटा गीतहरु समावेश छन् । यस एल्बममा समावेश गीतहरुमा स्वरुपराज आचार्य , योजना पुरी , अन्जु पन्त , शिव परियार र कमल रसाइली जस्ता चर्चित गायक गायिकाहरुको आवाज सुन्न सकिन्छ । संगीतकार तर्फ भने हरि लम्साल, कमल रसैली, किरण गजमेर र दीपक दसनामी लगायतले मिठास धुन भरेका छन् । उनले पहिलो एल्बम छोराको नाममा सार्वजनिक गरेका थिए भने एल्बम समृद्धीबाट सान्नानी …! र एउटै मुटु …! बोलको गीतको म्यूज़िक भिडियो सार्वजनिक भईसकेको छ । अब फेरी छोरीको नाममा समृद्धी चाँडै नै लिएर आउने उनले बताए ।

Skip This
Logo