काठमाडौं

बलात्कारीलाई जोगाएको आरोपमा कारबाहीमा परेका नेपाल प्रहरीका एसपी विद्यानन्द माझीले मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट विभूषण पाएका छन् । "/>

बलात्कारी जोगाउने एसपी विद्यानन्द माझी जनसेवाश्री पदकद्वारा विभुषित !

बलात्कारी जोगाउने एसपी विद्यानन्द माझी जनसेवाश्री पदकद्वारा विभुषित !


काठमाडौं

बलात्कारीलाई जोगाएको आरोपमा कारबाहीमा परेका नेपाल प्रहरीका एसपी विद्यानन्द माझीले मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट विभूषण पाएका छन् । उनले प्रबल जनसेवाश्री विभूषण पाएका हुन् । जिल्ला प्रहरी कार्यालय सुनसरीको प्रहरी प्रमुखका रूपमा कार्यरत रहँदा आर्थिक चलखेलका आधारमा बलात्कार गर्ने समूहसँग मिलेर उनले पीडितलाई मिलापत्र गर्न दबाब दिएका थिए । गृह मन्त्रालयले निलम्बन गरी उनलाई विभागीय कारबाही गरेको थियो । उनै माझीले राष्ट्रलाई महत्वपूर्ण योगदान दिएको भन्दै राष्ट्रपतिको हातबाट विभूषण ग्रहण गरेका छन्  ।

अघिल्लो वर्ष नै उनलाई विभूषण दिने निर्णय भएकाले आफूहरूले हटाउन नसकेको गृहका एक अधिकारी बताउँछन् । तर आइतबारको मन्त्रिपरिषद्को बैठकले पूर्वमुख्यसचिव सोमलाल सुवेदी र गोपीकृष्ण शर्माको नाम हटाउँदा उनको नाम भने हटेन । निलम्बन फुकुवा भएपछि एसपी माझीलाई गृह मन्त्रालयले डोटी जिल्लाको प्रहरी प्रमुखका रूपमा खटाएको छ ।

१५ सय जनाको निवेदन पर्यो

आगामी असोज ३ गते संविधान दिवसको दिन सरकारले विभूषण पाउनेहरूको नामावली सार्वजनिक गर्दैछ । जसका लागि गृह मन्त्रालयले गत महिना नै आवेदन मागिसकेको छ । करिब एक हजार ५ सयजनाले आवेदन दिएका छन्  । त्यसमा धेरैजसो सुरक्षाकर्मी तथा सरकारी कर्मचारीहरू नै छन् ।

उपप्रधानमन्त्री ईश्वर पोखरेल अध्यक्ष रहेको विभूषण छनोट समितिको पहिलो बैठक बसिसकेको छ । यसपटक नयाँ कार्यविधि बनाएर विभूषण छनोटलाई वस्तुनिष्ठ बनाउने प्रयास गरिएको गृह मन्त्रालयका प्रवक्ता सुवेदी बताउँछन् । एकपटक लिएको ३ वर्षसम्म लिन नपाउने, राज्यलाई महत्वपूर्ण योगदान दिएको खुलाउनु पर्ने प्रावधानहरू थपिएका छन् ।
नयाँ पत्रिकाबाट

Logo