दसैंको टिकटमा सिण्डिकेटको असर, बुकिङ २४ गतेबाट

दसैंको टिकटमा सिण्डिकेटको असर, बुकिङ २४ गतेबाट


दसैंका लागि भदौ २४ गतेबाट अग्रिम टिकट बुकिङ हुने भएको छ । सिण्डिकेट तोडिएपछि पहिलो पटक अग्रिम टिकट बुकिङ खुल्ला हुन् लागेको हो ।

सिण्डिकेट खारेजसँगै यातायात समितिहरु हटिसकेकाले यस पटक उपत्यकाबाट बाहिर जाने सवारीसाधनको संख्या घट्ने आंकलन गरिएको छ । समितिहरु खारेज हुँदा गाडी चलाउन अफ्ठेरो भएको र नयाँ सवारीसाधन भित्र्याउन पनि समस्या परेको यातायात ब्यबसायीहरुको भनाई छ । ब्यबसायीहरुले भाडादर समायोजन प्रक्रिया अगाडि बढाउन पनि माग गरेका छन् ।

दशैमा करिब ३० लाख सर्वसाधारण राजधानीबाट बाहिरिने गरेको तथ्यांक छ ।

 

Logo