सेलिब्रेटीको बिबाह भन्ने बितिक्कै हाम्रो मानसपटलमा अनेकन रंगीचंगी कुराहरु खेल्न थाल्छन् । स्टार होटलका आइटम आइटमका खानेकुराहरु, थरि थरिका ब्याण्ड बाजाहरु, सजिसजाउ कार, झकिझकाउ बेहुला बेहुली, जन्ती र पाहुनाहरुको लर्को आदि इत्यादि । "/>

चप्पल र टिसर्ट लगाएर ३ सय रुपैयाँमा सेलिब्रेटीको बिबाह !

चप्पल र टिसर्ट लगाएर ३ सय रुपैयाँमा सेलिब्रेटीको बिबाह !


सेलिब्रेटीको बिबाह भन्ने बितिक्कै हाम्रो मानसपटलमा अनेकन रंगीचंगी कुराहरु खेल्न थाल्छन् । स्टार होटलका आइटम आइटमका खानेकुराहरु, थरि थरिका ब्याण्ड बाजाहरु, सजिसजाउ कार, झकिझकाउ बेहुला बेहुली, जन्ती र पाहुनाहरुको लर्को आदि इत्यादि । तर यी सबै कुरालाई एकातिर पन्छाएर एक जना सेलेब्रेटीले सबैलाई अचम्मित तुलाईदिएका छन् ।

न बेहुला नयाँ पहिरनमा सजिएका छन् न त बेहुली नै झकीझकाउ । न जन्तीको लर्को छ न त बाजागाजा नै । दुलाहा दुलही दुवैले चप्पल लगाएका छन् । दुलहाले टिसर्ट र पाइन्ट लगाएका छन् भने दुलहीले कुर्तासलवार । दुवै जना प्लास्टिकको पुरानो कुर्सीमा बसेका छन् । तर उनीहरुलाई बधाई दिन सिताराम कट्टेल, मदनकृष्ण श्रेष्ठ, हरिबश आचार्यलगायत सहभागी थिए तर दुलाहा दुलहीका परिवारका सदस्यहरु भने थिएनन । आज बिहान राजधानीको गुहेश्वरी मन्दिरमा यस्तै दृश्य देखियो ।

बैबाहिक सम्बन्ध गाँस्न तम्तयार थिए शिक्षा अभियन्ता उत्तम सञ्जेल । उनको जिबनसाथी बन्न तयार थिइन् सुन्दरीजलकी कला अधिकारी । हिन्दु परम्परा अनुसार उनीहरुको बैबाहिक कार्यक्रम सुरु भयो । सञ्जेलले आफ्नो धारणा राख्दै कलालाई सिन्दुर पोते र माला लगाइदिए । मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले सहभागी सबैलाई बिहेको सगुनका रुपमा सुगर फ्री लड्डु बाँडे । ५ मिनेटमा बैबाहिक कार्यक्रम सम्पन्न भयो ।

सञ्जेलले आफ्नो बिबाहमा ३ सय रुपैया खर्च भएको जानकारी दिए । २५ रुपैयाँको सिन्दुर, ७५ रुपैयाँको पोते र १ सय रुपैयाँका माला किनेको उनले बताए । बिहेमा लेनदेनको कुरा आउन सक्ने भन्दै आफन्तहरुलाई सहभागी नगराएको प्रतिक्रिया दिए ।

कला, समता हस्पिटलमा हेल्थ असिस्टेन्टका रुपमा कार्यरत छिन् । उत्तमले सञ्चालन गर्ने यो हस्पिटलमा एक सय रुपैयामा उपचार हुन्छ । यी जोडीहरुको चिनजान पनि ४ महिना अगाडी यही हस्पिटलमा भएको हो । सञ्जेललेले आफुहरु बीच मन र भावना मिलेकाले एक अर्कालाई साथ् दिन बैबाहिक सम्बन्ध गाँसेको बताए ।

मासिक एक सय रुपैयामा अध्ययापन गराइने समता स्कुल अहिले नेपालभरका साथै भारत र बंगलादेशमा समेत संचालित छन् ।

Skip This
Logo