हजुरबालाई पिण्ड दिने दिन श्राद्द एउटा पर्व सरी आउथ्यो घरमा । विहानै पण्डित बा, भान्दाईहरु अनि बा का साथीहरुको आगमनले घरको चहलपहल नै बेग्लै हुन्थ्यो । "/>

संस्मरण: हजुर बुबाको श्राद्ध

संस्मरण: हजुर बुबाको श्राद्ध


हजुरबालाई पिण्ड दिने दिन श्राद्द एउटा पर्व सरी आउथ्यो घरमा । विहानै पण्डित बा, भान्दाईहरु अनि बा का साथीहरुको आगमनले घरको चहलपहल नै बेग्लै हुन्थ्यो । मृगासनमा बसेर पण्डित बाले मन्त्र पढ्ने । कुश आसनमा वसेर बाले जनै देव्रे दाहीने पार्दै पण्डित बाको आदेश अनुसार पुजा गर्ने । मलाई रहर लाग्थ्यो । कहिले होला मैले बा ले झैं जनै लगाउने, धोतीपाटा बेरेर यसरी नै पिण्ड दिने भनेर । पिण्ड दिने कुरामा रहर गर्न हुदैन रहेछ । मैले पछि मात्र थाहा पाएँ ।

आमा, दिदिहरुले एक दुइ दिन अगाडिदेखि नै सालका पातहरुको जोहो गरेका हुन्थे । बाँसलाई मसिनो संग चिरेर सिन्का बनाइएको हुन्थ्यो । छिमेकी काकीहरु समेत टपरी खुटने काममा सहयोग गरीरहेका हुन्थे । आमाले भान्छामा विहानैदेखी फरक फरक परिकारका खाना अनि नैब्यद्यहरु बनाउनुहुन्थ्यो । घरमा अन्य दिन भन्दा वेग्लै किसिमको रौनक हुन्थ्यो । एउटा बेग्लै माहोल बन्थ्यो बनेको हुन्थ्यो । श्राद्द चलीरहदा पंडीत बाको आदेश अनुसार घरीघरी कोईला र फुलपाती अनि घिउ(अर्घ्य ओसारिरहनु पर्दथ्यो ।

सोह्रश्राद्द ताका गाउँ भरिका हाम्रा बाको उमेरका प्रायस् मान्छेहरुको टाउको मुडुलो हुन्थ्यो । भर्खर खौरिएको कपाल चिल्लो भएर टल्केको हुन्थ्यो । एक वित्ता जती लामो टुप्पीलाई सिक्का पारेर गाँठो पारिएको हुन्थ्यो ।

हाम्रा फुपाजु स्वर्गे भइसक्नुभएकोले भान्दाई कपाल खौरिएर मुडुलै आउने, गोताम्बारी माईला बा पनि मुडुलै, पंडीतबा पनि मुडुलै हुने त्यसमाथी पण्डित बाको तालु बढी नै खुईलीएको थियो । हाम्रो घरको श्राद्दे एक कीसीमको मुडुलाहरुको सम्मेलन जस्तो लाग्दथ्यो मलाई ।

श्राद्द सकीने बेलामा गहुँत ल्याउन पर्यो भनेर पंडीत बाले कराउथे । पितृकार्य गरि सकेपछि गहुँत छर्किएर चोख्याउने चलन छ । हामी हातमा बोहतो या बटुको बोकेर दौडदै मालीगाईको पछाडी पुगेर ूमुती मुती गाई साउनाँ ब्याई जुरे बाच्छो पाईू गरेर फलाक्थ्यौं । गाईले पनि एकैछीनमा कुरा बुजेझैं गरेर गहुँत दिन्थ्यो तररर पारेर । बोहोतो भरीएर हातगोडा सबै भिजुन्जेल । हामी गहुतको बटुको समातेर हुरुरु दगुर्थेंउ । त्यत्तीकैमा जुठेल्नाबाट आमाको आवाज आउथ्यो। ुबाबु सुस्त दगुर लोट्लास’।।।

टिकोटालो संगै श्राद्दको समापन हुन्थ्यो । बाले दिदीहरु, पंडीत बा र भान्दाईहरुलाई दक्षिणा दिनुहुन्थ्यो । ‘मैले पनि एक दुइ रुपैया सम्म पाए हुनी’ भनेर आश लाग्थ्यो मलाई । मैले दिदीको हातको रुपैया हेरेर घुटुक्क थुक निल्थें । आमासामु गएर सुनाउं र दक्षिणाको लागि बिलौना गरौँ झैं लाग्थ्यो । तर आज भान्छामा मासको दाल पाकेको दिन । भान्छमा आमाको नजीक जान पाईन्नथ्यो । दैलोबाटै टुलुटुलु हेरीरहेको मलाई देख्नेवित्तीकै आमाले कुरा बुझ्थीन । कहिले दिईहाल्थीन एक रुपैया । कहिले छोरा हर्लाई हैन दक्षिणा आश गर्न हुन्न भनेर सम्झाउथीन । म भने दिदीले कहाँ राख्छे दक्षिणा र जिप्ट्याम्ला भनेर पछि लागीरहन्थें ।

श्राद्द सकिएपछि बा पिण्ड सेलाउन पँधेरातिर जानुहुन्थ्यो । घरमा गाईको बाच्छी पालेको बेला पिण्ड बाच्छीलाई खुवाए पनि हुन्छ भनेर गोठबाटै फर्कनुहुन्थ्यो । अनि घरमा खानपिनको क्रम सुरु हुन्थ्यो। पंडीत बा स्वस्पाक्य भोजन मात्र गर्ने भएकोले छुट्टै चुल्होमा भान्छाको ब्यवस्था हुन्थ्यो। खासगरी तरकारी अरुले पकाएको पनि चल्ने भएकोले भात मात्र पकाउनुहुन्थ्यो पंडीत बाले । रोटि र खिर भने अरुले पकाएको समेत खानुहुन्थ्यो ।

पंडीत बालाई खाने ब्यवस्था मिलाएपछि बा लगायत भान्दाईहरुले खाना खानुहुन्थ्यो अनि मात्र मेरो पालो आउथ्यो। त्यतीन्जेल म झ्यालबाट बाले भात मुछेर सरप सरप आवाज निकाल्दै खादै गरेको हेरीरहन्थें । खानपिन सकीएपछी बा र बा का साथीहरु गफगाफ गर्न सुरु गर्थे । आँगनको डिलमा गुन्द्री काम्लो विच्छ्याएको हुन्थ्यो । फराकीलो ठाममा बसेर गोतामबारी माईलाबाले पंडीत बा संग छड्के कुरा गर्दथे ।

आज औंशी । भैंसी तहरायो । ए पन्नीत राँगो लाईदिन हुन्च की हुन्न आज रु पाप पो लाउच की १ पण्डीत बाको मुखमा हेरेर गोतामबारी माल्बाले सोद्थे । तिम्ले बार्थेउ र माइला रु पण्डित बाले प्रतिप्रश्न गर्नुहुन्थ्यो सुस्तरी । कसैले सुन्छ कि जस्तो गरेर खुसुक्क । एकादशी राम्रो साईत हो माईला, मान्छेले खोजे पनि लगाए हुन्छ पाप लाग्दैन । त्यो धर्मको काम हो भनेर हललल हास्थे बुढाहरु । म अहिले आएर मात्र उनीहरुका गफको सार बुझ्ने भएको छु ।

गोतामेबारी माइलाबाको धन्सार थियो च्याँङ्गदि खोलाको किनारमा । त्यो सिम्ले गाउँ मुनीको फाँट हो । पातले टारिको पारीपट्टी । त्यो धनसार अहिले पनि होला । म घर नगएको धेरै वर्ष भईसक्यो । बाहरु त्यो धन्सारमा सेलरोटी पकाएको कुरा गर्थे । तर रातै हुनेगरी तेलमा खरिएको सेल कराहीबाट निकाल्ने बेलामा झिर सानो भएको र रोटी डढेर झुरुम झुरुम खान मिल्ने भएको कुरा आपसमा कानेखुसी गरेर सुनाउथे । ति गफ गर्दा तिनीहरुको आखामा वेग्लै चमक हुन्थ्यो । खासगरी आमाहरुले नसुनुन भनेर आमा गोठ तिर अथवा पधेंरातिर गएको वेला त्यस्ता खाले गफ लगाउथे ।

समय वित्दै गयो । म ठूलो हुदै गएँ । घरमा श्राद्दे त नियमीत जसो हुन्थ्यो तर श्राद्दमा आउने पाहुना फेरीएका थिए । भान्दाईहरु आउन छाड्नुभएको थियो । पछि माइला बा वित्नुभो । माइला बा वित्दा पंडीत बा र हाम्रा बा निकै वेरसम्म रोएको मैले देखेको हुँ ।

अनी केही वर्ष पछाडि पंडीत बा पनि बित्नुभयो अरे भन्ने सम्चार सुनें । पंडीत बा वितेपछि हाम्रा पुरेत पनि फेरीए होलान । अचेल श्राद्दे गराउन कुन पंडीत बोलाउनु हुन्छ बाले मैले अहिलेसम्म सोध्न भ्याएको रहेनछु । पछुतो लाग्यो मलाई । कमसेकम हाम्रो पुरेत को छ अहिले त्यती त जानी राख्नुपर्ने हो मैले । आफ्नै लापरवाही हो मेरो । म पछुतोमा परें आज । म निकै लामो समयदेखी श्राद्दे हुँदा घरमा हुन पाईन । अचेल कस्ता गफगाफ हुन्थे होला बाहरुका । कुन विषयमा कुरा गरेर हलल खित्का छोडेर हास्थे होलान बाहरु । सबै एकादेशको कथा भएर रहे मेरा लागि ।

Logo