मलेसियामा जारी एसीसी एसिया कप छनोट खेलमा ब्याटिङ गरेको नेपालले मलेसियालाई १८९ रनको चुनौती दिएको छ । निर्धारित ३० ओभरमा नेपालले ७ विकेटको क्षतिमा १८८ रन बनाएको हो । "/>

एसीसी एसिया कप: मलेसियालाई १८९ रनको चुनौती

एसीसी एसिया कप: मलेसियालाई १८९ रनको चुनौती


मलेसियामा जारी एसीसी एसिया कप छनोट खेलमा ब्याटिङ गरेको नेपालले मलेसियालाई १८९ रनको चुनौती दिएको छ । निर्धारित ३० ओभरमा नेपालले ७ विकेटको क्षतिमा १८८ रन बनाएको हो । 

नेपालका लागि दीपेन्द्र सिंह ऐरी र मोहम्मद आरिफ शेखले अर्धशतकीय पारी खेलेका थिए । शेखले सर्वाधिक ६४ रन बनाएर अविजित रहँदा ऐरीले ५४ रन बनाए । 

ओपनिङ ब्याट्सम्यान सुवास खकुरेल १९ रनमा नै आउट भए भने ज्ञानेन्द्र मल्ल २० बलमा ११ रन बनाएर आउट भए । अनिल कुमार शाह १६ रन, पारस खड्का १३ रन र सागर पुन बिना रन नै आउट भए । सोम्पाल कामि १ बलमै आउट भए । 

खेल बर्षाका कारण ३० ओभरमा छोत्याइएको छ । अघिल्ला दुई खेलमा पराजित नेपाल तेस्रो खेलमा मलेसियाविरुद्ध जित्नैपर्ने दबाबसहित मैदानमा उत्रिन लागेको छ। आज पराजय बेहोरेको खण्डमा नेपालको एसिया कप यात्रा टुंगिने छ।

Logo