काठमाडौँ

आगामी ३ दिन सम्म देशभर सामान्य बद्ली रही अधिकांश स्थानमा हल्का देखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । "/>

तीन दिन सम्म देशभर वर्षा हुने मौसम पूर्वानुमान महाशाखाको भनाई

तीन दिन सम्म देशभर वर्षा हुने मौसम पूर्वानुमान महाशाखाको भनाई


काठमाडौँ

आगामी ३ दिन सम्म देशभर सामान्य बद्ली रही अधिकांश स्थानमा हल्का देखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले तीन दिन सम्मको मौसमी पूर्वानुमान बुलेटिन जारी गर्दै बिहीवार दिउँसो हल्कादेखि मध्यम वर्षा भएको जनाएको छ । पश्चिम नेपाल र पूर्वी नेपालका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

आज देशका अधिकांश स्थानमा सामान्यदेखि पूर्ण बद्ली रही मध्य र पश्चिमका धेरै स्थानमा र पूर्वी नेपालका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । पश्चिम नेपालको विशेष गरी तराई र चुरे भू–भागमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ । भदौ १६ गते शनिबार पनि देशका अधिकांश स्थानमा सामान्य देखि पूर्ण बद्ली रही केही स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ ।

महाशाखाको पछिल्लो विवरण अनुसार विहिबार सबै भन्दा बढी विराटनगरमा ११६ मिलिमिटर वर्षा भएको छ । ओखलढुङ्गामा ६४, सिमरामा ५२, वीरेन्द्रनगरमा ५४ मिलिमिटर वर्षा भएको छ । काठमाडौँमा २३ मिलिमिटर वर्षा भएको छ त्यस्तै काठमाडौँको अधिकतम तापक्रम २९.२ र न्यूनतम तापक्रम २३.९ रहेको थियो ।

Logo