काठमाडौँ

एसिया कप अन्र्तगत बुधबार भएको ओमान सँगको पहिलो खेलमा ७ वीकेटको हार बेहोरेको नेपालले बिहीबार (आज) एकदिवसीय मान्यता प्राप्त राष्ट्र यूएईसँग प्रतिष्पर्धा गर्दैछ । "/>

आज नेपालले यूएईको सामना गर्ने : एसिया कप

आज नेपालले यूएईको सामना गर्ने : एसिया कप


काठमाडौँ

एसिया कप अन्र्तगत बुधबार भएको ओमान सँगको पहिलो खेलमा ७ वीकेटको हार बेहोरेको नेपालले बिहीबार (आज) एकदिवसीय मान्यता प्राप्त राष्ट्र यूएईसँग प्रतिष्पर्धा गर्दैछ । पहिलो हारसँगै नेपालको आगामी यात्रा सहज भने छैन । तर असम्भव पनि छैन । नेपालले सेप्टेम्बर १ मा आयोजक मलेसियाको सामना गर्दैछ भने सेप्टेम्बर २ मा सिंगापुरसँग प्रतिष्पर्धा गर्नेछ । लिग चरणको अन्तिम खेल हङकङसँग सेप्टेम्बर ४ मा खेल्नेछ ।

प्रतियोगिताको विजेताले मात्रै १५ सेप्टेम्बर देखि २८ सम्म यूएईमा हुने एसिया कपमा सहभागिता जनाउन पाउनेछ । यो प्रतियोगिताबाट छनोट भएको एक मात्रै राष्ट्रले विश्व क्रिकेटका शक्तिशाली राष्ट्र भारत र पाकिस्तानसँग समूह ए मा रहेर प्रतिष्पर्धा गर्नेछ ।

Logo