काठमाडौँ

बैकको लकरमा राखेको ७ किलो सुन गायव बनाउने सिटिजन बैकका कर्मचारी सहित ५ जनालाई नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले पक्राउ गरेको छ । "/>

सिटिजन बैंकबाट रहस्यमय ढंगले ७ किलो सुन गायव !

सिटिजन बैंकबाट रहस्यमय ढंगले ७ किलो सुन गायव !


काठमाडौँ

बैकको लकरमा राखेको ७ किलो सुन गायव बनाउने सिटिजन बैकका कर्मचारी सहित ५ जनालाई नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले पक्राउ गरेको छ । सिटिजन बैक इन्टरनेशन लिमिटेड न्युरोड शाखामा रहेको लकरमा राखेको सुन एकाएक गायव भएपछि बैक प्रशासनले प्रहरीलाई खवर गरेको थियो ।

बैकमा राखेको सुन गायव बनाउने काममा बैकका कर्मचारी र सुन धरौटी राखेर रकम निकाल्ने ऋणीहरुको मिलेमतोमा सुन गायव बनाएको निष्कर्षमा ब्युरोको टोली पुगेपछि बैक कर्मचारी र ऋणीलाई पक्राउ गरेको ब्युरोले जानकारी दिएको छ ।

लामो समयको प्लान पछि बैंकका सुन जाँचकी र ऋणीले धरौटी राखेको सुनको तौल भन्दा बढी तौल देखाएर ऋण लिएको र बैकलाई कुनै जानकारी नै नदिइ सुन झिकेको पाइयो ब्युरोका एसपी सानुराम भट्टराइले जानकारी दिए । पक्राउ परेका ब्यक्तिको बारेमा पहिचान खुलाउदा अन्य आरोपी भाग्न सक्ने भएकाले उनीहरुको नाम गोप्य राखेको प्रहरीले जानकारी दिएको छ ।
नेपाल समाचारपत्रबाट

Logo