काठमाडौँ

ताप्लेजुङमा ४ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको छ । आज साँझ ६ बजेर १६ मिनेट जाँदा जिल्लाको यामफुदिन केन्द्रबिन्दु भई भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए । "/>

भर्खरै पूर्वी नेपालमा भूकम्पको धक्का महसुस

भर्खरै पूर्वी नेपालमा भूकम्पको धक्का महसुस


काठमाडौँ

ताप्लेजुङमा ४ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको छ । आज साँझ ६ बजेर १६ मिनेट जाँदा जिल्लाको यामफुदिन केन्द्रबिन्दु भई भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए ।

यो गोरखा भूकम्प (७ दशमलव ६ रिक्टर स्केल) को पराकम्प नभई भूकम्प नै भएको उनले बताए । ठूला भूकम्प गएको बीचको समयमा यस्ता साना भूकम्प जाने गरेको विज्ञहरुको भनाइ छ । गोरखा भूकम्पको पराकम्प पनि पातलो रुपमा गइरहेको छ । पछिल्लो समय गत असारमा दुई र साउनमा दुई वटा पराकम्प गएको थियो । पछिल्लो पटक साउन १७ गते दोलखाको नाम्दु आसपास केन्द्रबिन्दु भई ४ दशमलव २ रेक्टर स्केलको पराकम्प गएको थियो । त्यसअघि साउन ८ गते धादिङको गजुरी आसपास केन्द्रबिन्दु बनाएर ४ दशमलव ८ रिक्टर स्केलको पराकम्प गएको थियो ।

असार १४ धादिङको झार्लाङ र २१ गते सोही जिल्लाको सुनौलोबार आसपास केन्द्रबिन्दु भएर क्रमशः ४ दशमलव १ र ५ रेक्टरको पराकम्प गएको थियो । ०७२ साल वैशाख १२ को गोरखा भूकम्पपछि हालसम्म ४ रेक्टरस्केल भन्दा माथिका ५०६ वटा पराकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।
रासस

 

Logo