सरकारलाई विप्लबको कडा चेतावनी

सरकारलाई विप्लबको कडा चेतावनी


नेकपाका महासचिव नेत्रबिक्रम चन्द (विप्लव) ले एक बिज्ञप्ति निकालेर सरकारलाई कडा चेतावनी दिएका छन् । नेकपा प्रवक्ता प्रकाण्डलाई पटक पटक पक्राउ गरेपछि विप्लबले सशक्त संघर्ष गर्ने चेतावनी दिएका हुन् ।

‘सरकारले श्रृङ्खलाबद्ध गिरफ्तारी तुरुन्त रोकोस् र गिरफ्तार सबै कमरेडहरुलाई ससम्मान रिहा गरोस् भन्ने हाम्रो पार्टी जोडदार माग गर्दछ । अन्यथा सरकारविरुद्ध सशक्त संघर्ष गर्न बाध्य हुनेछौं ।’ बिज्ञप्तिमा भनिएको छ ।

विप्लवले प्रहरीले पार्टीका नेता तथा कार्यकर्तालाई दिनदिनै अपहरणको शैलीमा पक्राउ गरी वेपत्ता बनाउने काम गरिहरेको समेत आरोप लगाएका छन् । नेकपाका पोलिटब्यूरो सदस्यहरु पदम राई, ओम पुन, कृष्ण धमला, मोहन कार्की केन्द्रीय सदस्यहरु किरण राई, दीपेश राई, देवनारायण शाह, टेकबहादुर केसीलगायत दर्जनौं नेता कार्यकर्ता पक्राउ परेको र छिट्टै रिहाइ गर्न माग गरिएको छ ।

नेकपाका प्रबक्ता खड्कबहादुर बिश्वकर्मा (प्रकाण्ड)लाई बिहिबार सर्वोच्चले रिहाइ गरे लगतै प्रहरीले पक्राउ गरेर नुवाकोट पुर्याएको थियो ।

Logo