नेपालले पहिलो पटक आयोजना गर्न लागेको बहुपक्षीय आर्थिक तथा प्राविधिक सहयोगका लागि बंगालका खाडीका राष्ट्रहरूको प्रयास (बिमस्टेक) सम्मेलनका लागि सरकारले राजधानीको सवारी ब्यबस्थापनको तयारी थालेको छ । "/>

बिमस्टेक: तीन दिन जोर बिजोर सवारी, दुई दिन बिद्यालय बन्द

बिमस्टेक: तीन दिन जोर बिजोर सवारी, दुई दिन बिद्यालय बन्द


नेपालले पहिलो पटक आयोजना गर्न लागेको बहुपक्षीय आर्थिक तथा प्राविधिक सहयोगका लागि बंगालका खाडीका राष्ट्रहरूको प्रयास (बिमस्टेक) सम्मेलनका लागि सरकारले राजधानीको सवारी ब्यबस्थापनको तयारी थालेको छ । विशिष्ट व्यक्तिहरुको आगमन हुने भएकाले ट्राफिक जाम नहोस् भन्ने हेतुले सरकारले जोर बिजोर प्रणाली लागु गर्न लागिएको हो ।

काठमाडौंमा भदौ १३ देखि १५ गतेसम्म जोर-बिजोर नम्बरमा सवारीसाधन संचालन गर्ने तयारी गरेको छ । यसरी सवारी चलाउदा अहिलेको भन्दा करिब आधा मात्रै सवारीसाधन चल्नेछन् ।

त्यस्तै सम्मेलनका लागि काठमाडौं उपत्यकाका विद्यालयमा बिदा दिने तयारी पनि गरिएको छ । औपचारिक निर्णय नभए पनि बिदा दिने निर्णयमा सबैको स्वीकृत जनाई सकेको स्रोतले जानकारी दियो ।

सम्मेलनमा सहभागी हुन् सात मुलुकका राष्ट्र प्रमुख नेपाल आउदै छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, म्यानमारका राष्ट्रपति विन मिन्ट र थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चाओचा भुटानका प्रधानन्यायाधीश एवं मन्त्रिपरिषद अध्यक्ष छिरिङ वाङ्चुक, बंगलादेशका प्रधानमन्त्री शेख हसिना र श्रीलंकाका राष्ट्रपति मैथिरीपाला श्रीसेनाले बिमस्टेकमा सहभागी हुन काठमाडौं आउने निश्चित भैसकेको छ ।

बिमस्टेकको चौथो शिखर सम्मेलन भदौ १४ र १५ गते हुदैछ ।

Logo