गएराती र आज बिहान गरि काठमाडौँमा तीन ठाउँमा सवारी दुर्घटना भएका छन् । दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । "/>

काठमाडौँको ३ ठाउँमा दुर्घटना, १ को मृत्यु

काठमाडौँको ३ ठाउँमा दुर्घटना, १ को मृत्यु


गएराती र आज बिहान गरि काठमाडौँमा तीन ठाउँमा सवारी दुर्घटना भएका छन् । दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।

गएराति काठमाडौंको कीर्तिपुर नगरपालिका ३ समलटोलमा कारको ठक्करबाट दुई जना घाईते भएका छन् । घाईते हुनेमा मकवानपुर कुलेखानी घर भई हाल कीर्तिपुर बस्ने २७ वर्षीय देव गोले र १३ वर्षीय सुर्वण सिंह भुषाल छन् । घाईते दुबैको मोडेल अस्पताल कीर्तिपुरमा उपचार भइरहेकोमा सुवर्णलाई थप उपचारका लागि ट्रमा सेन्टर ल्याइएको छ । बा१६च ९०५६ नम्बरको कारले उनीहरुलाई ठक्कर दिएको महानगरीय प्रहरी वृत्त कीर्तिपुरले जनाएको छ ।

त्यस्तै काठमाडौंकै गैरीधारामा पनि गएराति जिपको ठक्करबाट स्कुटर चालक घाईते भएका छन् । घाईते हुनेमा स्कुटर चालक काठमाडौं शान्तिनगरकी २५ वर्षीया मैनता घिमिरे छिन् । उनको मोडेल अस्पताल बागबजारमा उपचार भइरहेको छ । बा ५ च ४९३९ नम्बरको जीपले बा ६२ प ३२४८ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो ।

त्यस्तै आज बिहान काठमाडौंको भद्रकालीमा स्कुटर दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भिर घाईते भएका छन् । बिहान सवा ४ बजे बा९१प ८१९ नम्बरको स्कुटर आफै अनियन्त्रित भई सडक छेउमा रहेको बिजुलीको पोलमा ठक्कर खाएको

मृत्यु हुनेमा काभ्रेपलाञ्चोक शिखर आमबोडे गाँउपालिका–८ का २६ वर्षीय सञ्जीव लामा छन् । उनको घटनास्थलमै मृत्यु भएको हो । स्कुटरमा पछाडी सवार अन्दाजी २७ वर्षीय पुरुष गम्भिर घाईते भएका छन् । उनको ट्रमा सेन्टरमा उपचार भइरहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

Logo